|

बसले ठक्कर दिंदा मालवाहक ट्रक त्रिशूली नदीमा खसेर वेपत्ता

धादिङ,पौष ६ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउ विकास समिति वडा नम्बर ९ ज्यामिरेघाट सडक खण्डमा गएराती बसले ठक्कर दिंदा एउटा ट्रक त्रिशूली नदीमा खसेर हराईरहेको छ ।

काठमाण्डौवाट सर्लाहीका लागि छुटेको ना ३ ख ९५८६ नम्बरको वसले ठक्कर दिंदा नम्बर खुल्न नसकेको मालवाहक ट्रक सडकवाट ५० मिटर तल त्रिशूली नदीमा खसेर वेपत्ता भएको जोगिमारा प्रहरी चौकीले जनाएको छ । दुर्घटनामा परि बसमा सवार ३ जना यात्रु सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरि काठमाण्डौ पठाईएको र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वसका चालक भने फरार रहेका छन् । ट्रकमा कति जना थिए भन्ने केहीखुल्न सकेको छैन । आज विहानै देखि प्रहरी घटनास्थलमा पुगेर हराईरहेको ट्रकको खोजीमा लागेको छ ।
स्रोत :ईमेज  च्यानल

Posted by Butwalonline on 7:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसले ठक्कर दिंदा मालवाहक ट्रक त्रिशूली नदीमा खसेर वेपत्ता "

Leave a reply