|

आज आज २१ डिसेम्बर वर्षकै सबैभन्दा छोटो दिन

काठमाडौ, पुस ६ – आज २१ डिसेम्बर । सामान्यत : आजको दिन पृथ्वीमा दक्षिणी गोलार्धमा दिन लामो र उत्तरी गोलार्धमा दिन छोटो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन १० घण्टा २३ मिनेटको हुनेछ । यो वर्षकै सबैभन्दा छोटो दिन हो ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले शुक्रबार दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ । अन्तर्राष्ट्रिय समय अनुसार छोटो दिन डिसेम्बर २१ या २२ तारिख मध्ये कुनै एक दिनपर्छ ।

दिन छोटो भएसंगै आजदेखि औपचारिक रुपमा जाडो सुरु भएको मानिने नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराईले बताउनुभयो ।
स्रोत :उज्यालो

Posted by Butwalonline on 7:14 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज आज २१ डिसेम्बर वर्षकै सबैभन्दा छोटो दिन"

Leave a reply