जिप दुर्घटनामा पाँच जना घाइते
प्युठान, कात्तिक २४ - गए राति प्युठानमा भएको जिप दुर्घटनामा पाँच जना घाइते भएका छन्। दाङको लमहीबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप दुर्घटना भएको हो। राति करिब १ बजेतिर कुखुराको दाना लिएर आउँदै गरेको लु१च ४५१३ नम्वरको पिकअप जिप खलङ्गा-७ घलेघुम्टी नजिक दुर्घटना भएको थियो।
दुर्घटनामा खलङ्गा-९ का दीपेश विक, विकास श्रेष्ठ, सूर्यमान श्रेष्ठ र खलङ्गा-२ कसेरीका चालक मेघराज अधिकारी र सहचालक दशरथ नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
घाइतेमध्येकी गम्भीर रहेको र जिल्ला अस्पताल बिजुवारमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल सिफारिस गरिएको अस्पतालले जनाएको छ। उनको हातमाथिको कुम भाँचिएको र शरीका अन्य भागका चोट लागेको छ। दुर्घटनामा घाइते अरुको जिल्ला अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ। जिप दुर्घटनाको कारण खुल्न सकेको छैन। रासस
स्रोत :नागरिक न्यूज

Posted by Butwalonline
on 7:30 AM. Filed under
News Source
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response