तिहारको तेस्रो दिन आज विहान कुकुरपुजा गरि कुकुर तिहार मनाइयो
बिनोद परियार,बुटवल ,कार्तिक २८ - तिहारको तेस्रो दिन आज विहान कुकुरपुजा गरि कुकुर तिहार मनाइएको छ । आज यमराजको द्वारपाल मानिएको कुकुरलाई पूजा गर्ने र मीठो खानेकुरा खुवाउंने गरिन्छ । कुकुरतिहारलाई नरक चतुदशी पनि भन्निछ । त्यस्तैं आजै बेलुकी घरघरमा लक्ष्मीपूजा र दीपावली गरिंदैछ । दिनभर ब्रत बसी बेलुकी दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको पूजा गर्ने चलन छ ।आज घरका झ्यालढोकाका साथै गाग्री र कलशमा फूलका माला लगाई आंगन, पिंढी, दलान, कोठाचोटा र छिंडी गाईको गोबरले लिपेर सफा र चिल्लो पारिन्छ ।चामलको पीठोबाट लक्ष्मीको पाईलाको प्रतीक चिन्ह बनाई आंगनदेखि भण्डार वा ढुकुटीसम्म पुर्याउंने गरिन्छ । बेलुका यिनै पाईलामा टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुन्छिन् भन्ने धामिर्क विश्वास छ । । लक्ष्मीको पुजाका लागि घर आगन सबै सफा गरिएको छ ।
महालक्ष्मीको मूति र्वा चित्र स्थापना गरी सून, चांदी, गरगहना, रुपैंया पैसा लगायतलाई पूजा गरिन्छ । कतिपय ठाउंमा गाईपूजा नगरी लक्ष्मी पुजा नगर्ने चलन भएका कारण आज नै गाईपूजा पनि गरिंएको छ । तर नेपाल पञ्चाङ निर्णायक समितिले भने गाई र गोरु पुजा भोली मात्र हुने जनाएको छ ।