|

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ३ औं जन्मजयन्ती मनाइयो

बिनोद परियार,बुटवल ,कार्तिक २८ - नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय ३ औं जन्मजयन्ती विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ । नेपाली साहित्यका शिखर व्यक्तित्व देवकोटाको जन्म विसं १९६६ मा र निधन २०१६ सालमा भएको हो । नेपाली साहित्यका जनप्रिय कवि र आधुनिक कविका रुपमा प्रसिद्वि पाएका देवकोटाका मुनामदन, शाकुन्तल, लगायतका संयौा कृति प्रकाशित छन् ।

नेपाली साहित्यमा स्वच्छन्दतावादको सुरुवात र विकास गर्नमा पनि महाकवि देवकोटाको महत्वपूर्ण भूमिका छ । जन्मजयन्तीको अवसरमा बिभिन्न साहित्यीक सङ्घ, सङ्गठनहरुले देवकोटा विशेष कार्यक्रम गरेका छन् ।  तीन महिनामा शाकुन्तल महाकाव्य, दशदिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि प्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसंगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु देवकोटाको विशेषता थियो ।

Posted by Butwalonline on 6:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ३ औं जन्मजयन्ती मनाइयो "

Leave a reply