नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहिको बैठक सम्पन्न
बिनोद परियार ,बुटवल,मंसिर ६ - नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहिको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
समाजका अध्यक्ष नन्द बहादुर खड्काथोकिको अध्यक्षतामा बुटवलमा बसेको बैठकले मंसिर १५ र १६ गते हुन गहिरहेको नेकपा एमालेको रुपन्देहीको सातौ जिल्ला अबिधेशनमा दलित समुदायलाई पुर्ण समानुपातिक प्रतिनिधित्व गराउदै सबै निर्वाचन क्षेत्रबाट १/१जना र दलित समुदायलाई बिभेदको क्षतिपुर्ति वापत पार्टीमा दलितको सदस्यता संख्या कम्तीमा २/२ जना तथा ३३ प्रतिशत महिला कोटामा १३ प्रतिशत दलित महिलाको प्रतिनिधित्व गराउन माग गरेको छ ।
त्यस्तै आगामी आगामि पुस ३ गते मुक्ति समाजको २५ औ वर्ष गाँठको अवसरमा दलित मुक्ति आन्दोलनको पृष्ठभुमी र आन्दोलनको प्रतिफल ,जातिय छुवाछुत कसुर र सजाय ऐन २०६८ को बारेमा अन्तरक्रिया कार्यक्रमका र रक्तदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले क्षेत्र नं ३ बाट मुक्तिसमाज जिल्ला कमिटीमा दिपेन्द्र बिश्वकर्मालाई मनोनय गरेको छ । साथै दलित मुक्ति समाजका पाल्पाका अध्यक्ष शिरु प्रसाद गोतामेको असामयिक निधन भएकोमा समबेदना समेत प्रकट गरेको छ ।