छठ मनाउने क्रममा भएको भागदौडमा पटनामा २० मृत्यु
काठमाडौ, मंसिर ४ - पटनाको गंगास्थित अदालतगञ्ज घाटमा छठ मनाउने क्रममा भएको सोमबार भागदौडमा परि कम्तिमा २० जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको बताइएको छ ।
दी टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार गंगा माथि बनाएको बाँसको अस्थायी पुल भाँचिएपछि अर्घा दिएर फर्कि रहेकाहरुबीच भागदौड मच्चिंदा उक्त दुर्घट्ना भएको हो । धेरै जसो मारिएकाहरु महिला र बालबालिका रहेको बताइएको छ । घाइतेहरुको पटना मेडिकल कलेजमा उपचाइ भइरहेको बताएको छ ।
छठ भारत र नेपालको तराई क्षेत्रमा बस्ने हिन्दूहरुको चाड हो । भक्तजनहरुले सोमबार साँझ अस्ताउँदै गरेको सूर्यको आराधना गरेका छन् ।
स्रोत : कांतिपुर
