|

छठको दोस्रो दिन आज बर्तालुहरुले खर्ना पर्व मनाउदैं

काठमाडौं, मंसिर ३ ।    दशै तिहार पछि तराईमा भव्य रुपले मनाईने छठ पर्व सुरु भएको छ । छठको विधिअनुरुप पहिलो दिन हिजो विहान ब्रतालु महिलाहरुले स्वच्छ जलले स्नान गरी एक छाक शाकाहारी भोजन खाएपछि छठको कठिन उपवास सुरु भएको हो ।

छठको दोस्रो दिन आज बर्तालुहरुले खर्ना पर्व मनाउदैंछन् । छठ अवधिभर चोखो गरी बनाइएको शाकाहारी खाना मात्रै खाने यो पर्वमा आज ब्रतालुहरु दिनभर भोकै बसी राति पूजा गर्ने र राति सख्खर, चामल र दूध हालेको खीर खाने गर्दछन् । भोलि अपरान्ह अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ भने पर्सी उदाउँदो सूर्यको पूजा गरी छठ सम्पन्न गरिन्छ । यो पर्व मनाउनाले चर्म रोग निको हुने, सन्तान प्राप्ति हुने र पतिको दीर्घायू मिल्ने जनविश्वास रही आएको छ । महाभारतका अनुसार द्रौपतिसहित पाण्डवहरुले अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउन थालिएको विश्वास गरिन्छ ।
स्रोत :इमेज च्यानल

Posted by Butwalonline on 6:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छठको दोस्रो दिन आज बर्तालुहरुले खर्ना पर्व मनाउदैं"

Leave a reply