|

प्रवासी नेपाली युबा संघ यूएइको आबुधाबी क्षेत्रिय समिति पुनर्गठन

उत्तम अधिकारी,यूएइ २६ नोभेम्बर २०१२ - प्रवासी नेपाली युवा संघ यूएइले गत शुक्रबार २३ नोभेम्बरका दिन  अबुधाबीमा  एक भेलाको आयोजना गरि आफ्नो अबुधाबी  क्षेत्रिय समितिको पुनर्गठन गरेको छ । डी. बी. कार्कीको अध्यक्षतामा संघका केन्द्रिय सचिब राजु भुजेलद्वारा सन्चालित उक्त कार्यक्रम संघकै केन्द्रिय अध्यक्ष महेश गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

आबुधाबीको एक सोसियल सेन्टरको हलमा सम्पन्न उक्त भेलाले सुरेश तामाङको अध्यक्षतामा  ९ सदस्यिय आबुधाबी क्षेत्रिय समितिको गठन गरेको छ । जस अनुसार उपाध्यक्षमा धन बहादुर तमाङ , सचिबमा राम बहादुर राना मगर, कोसाध्यक्षमा कुमार खरेल तथा सदस्यहरुमा उमेशराज भेटवाल, भुवन बुढाथोकी , कुल बहादुर बिक, सन्तोष खड्का र एकराज कटुवाल रहेका छन् । कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष महेश गिरीले युबा बर्गको जोश , जांगर र उत्साहलाई निरर्थक खेर नफाली संगठनमा आबद्ध भएर राष्ट्र निर्माणका लागि सक्दो योगदान गर्नु पर्ने तथा समाज र राष्ट्र परिवर्तनको अभिभारा युबा बर्गकै काँधमा आइपरेकाले सम्पुर्ण युबाहरूलाई जिम्मेवारी बोध गरि एक ढिक्का भएर अघि बढ्न आग्रह गर्दै राष्ट्रिय एकता र अखण्डता लाई आत्मसात गरि अग्रगामी परिवर्तनका पक्षमा रहेका सम्पुर्ण युबाहरूलाई युबा संघमा आबद्ध हुन अनुरोध गर्नु भयो । ज्ञात अज्ञात शहिदहरू प्रति मौन धारण मार्फत सम्मान अर्पण गरि शुरु भएको उक्त कार्यक्रममा पुनर्गठित क्षेत्रिय समितिको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दीइएको थियो ।उक्त कार्यक्रममा संघका केन्द्रिय सदस्यहरू राजेन्द्र गुरुङ , रुपक नारायण नकर्मी , बद्री कार्की , दिपक भण्डारी लगायत अतिथि रहनु भएको थियो ।

नेकपा एमालेको युएइ प्रवास संगठन प्रवासी नेपाली संघ यूएइको भात्री संगठनको रुपमा रहेको प्रवासी नेपाली युबा संघ यूएइले समाज सेवा तथा जन जागरण सहित युबा बर्गलाई लक्षित गरेर युएइमा बिभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ ।

Posted by Butwalonline on 8:43 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रवासी नेपाली युबा संघ यूएइको आबुधाबी क्षेत्रिय समिति पुनर्गठन"

Leave a reply