|

क्रान्तिकारी पत्रकार संघको सम्मेलन मंसिर ७ गते

बुटवल, ४ मंसिर । क्रान्तिकारी पत्रकार संघ, रुपन्देहीको तेस्रो जिल्ला सम्मेलन यही मंसिर ७ गते बुटवलमा हुने भएको छ ।

संघको आज (सोमबार) विहान बसेको बैठकले मंसिर ७ गते बिहान १० बजे पत्रकार महासंघ रुपन्देहीको हलमा सम्मेलन गर्ने निर्णय गरेको हो । संघका उपाध्यक्ष रुद्रहरि कुँवरको अध्यक्षतामा बसेको बैठकले जिल्ला सम्मेलन सम्पन्न गर्न तीब्र रूपमा लाग्ने निर्णय गरेको सचिव ओम पंगेनीले जानकारी दिनुभयो । सम्मेलनमा सहभागिताका लागि संघले सम्पूर्ण संचारकर्मी तथा शुभेच्छुकहरुमा अनुरोध गरेको छ ।

क्रान्तिकारी पत्रकार संघ, नेपालको यही महिना सम्पन्न हुने राष्ट्रिय सम्मेलनको तयारी स्वरुप अधिकांश जिल्लाको अधिवेशन सम्पन्न भइसकेको संघका केन्द्रीय सचिवालय सदस्य यानेन्द्र जी.सी.ले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 5:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्रान्तिकारी पत्रकार संघको सम्मेलन मंसिर ७ गते"

Leave a reply