|

बंगुरले टोकेर एक बृद्धको मृत्यु

पाल्पा, कात्तिक १८ - पाल्पाको रिङनेरह गाविस–७ मन्दिरडाँडामा शनिवार बिहान बंगुरले टोकेर एक वृद्धको ज्यान गएको छ । बंगुरले टोकेर  ७३ बर्षिय धनबहादुर विश्वकर्माको ज्यान गएको छिमेकी इश्वर आचार्यले जानकारी दिनुभयो । बिकलाई शौचालय गएको अवस्थामा  बंगुरले टोकेको थियो । उहाँको कान, नाक र घाटीमा टोकेपछि घटनास्थलमै मृत्यु भएको थियो ।रगत बढी बगेपछि उहाको घटनास्थलमै मृत्यु भएको छिमेकीले बताएका छन् । नजिकैको ताहु प्रहरी चौकीका ईन्चार्ज राम बहादुर पुनले भने घटनाको बारेमा कुनै जानकारी नआएको बताउनुभयो ।

Posted by Butwalonline on 7:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बंगुरले टोकेर एक बृद्धको मृत्यु"

Leave a reply