कोरियामा एक नेपालीको मृत्यु
सोल ,दक्षिण कोरिया , मंसिर ११ - इपीएस मार्फत २१ महिना अघि कोरिया आएका
कास्की काँडे बजारका ३४ बर्षीय ईन्द्रबहादुर शेरचन सोमबार बेलुकी मृत
अवस्थामा फेला परेका छन् । कोरियाको आन्सान शहरस्थित सिह्वा औधोगिक
क्षेत्रमा रहेको मोटरपार्टस उत्पादन गर्ने कम्पनीमा कार्यरत उनी आफू सुतैकै
कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
संगै काम गर्दै आएका
पर्वतका ताराबहादूर छेत्रीका अनुसार मध्यान्ह १२ बजे कोठामा सकुशल भेटिएका
शेरचनलाई बेलुका ६ बजे एकै कोठामा बस्ने भियतनामी सहकर्मीले मृत अवस्थामा
फेला पारेका थिए । दिवा र रात्री कालिन काम हुने सो कम्पनीमा २ नेपाली
कामदार कार्यरत छन् । शेरचनको श्रीमती सहित २ छोरा रहेका छन् ।
चिकित्सकहरुले
हृदयघातका कारण मृत्यु भएको आङ्खनो प्रारम्भिक रिपोर्टमा उल्लेख गरेको छन्
। हाल मृतकको शव सिह्वास्थित सेन्टर अस्पतालमा राखिएको छ भने बुधबार
सोलको एक अस्पतालमा पोष्टमार्टम गरिने कम्पनी ब्यवस्थापनले जनाएको छ ।
स्रोत :कांतिपुर
