|

प्रहरीको सुरक्षा सतर्कता वढ्यो

सीता भण्डारी,गुल्मी,२६ कार्तिक-गुल्मी जिल्लामा तिहारको अवसरमा हुन सक्ने आपराधिक गतिविधी न्युनिकरण गर्नको लागि जिल्लाको शान्ति सुरक्षा कडा पारिएको छ ।

चाडपर्वका वेलामा हुन सक्ने घटनाहरुलाई मध्यनजर गर्दै सरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको शान्ति सुरक्षा र चाडवाडका बखत अप्रिय घटना नघटोस भन्नाका लागी सुरक्षा अपनाइएको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभएको छ । दिपावलीको अवसर पारेर भुईचम्पा, पटका लगायत बिष्पोटक वस्तुहरु नपड्काउन, साथै त्यस्को विक्री वितरण नगर्न प्रहरीले अनुरोध गरेको छ । पटका, भुईचम्पा लगायतका बिष्फोटक पदार्थ ओसार पसार, बिक्री बितरण र प्रयोगमा प्रतिबन्ध लगाईएको र फेला परेमा कडा कारवाही गरिने भनी जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गर्दै चाडवाडको समयमा बढ्दो जुवातास, कालोबजारी, गुणस्तरहीन खाद्यपदार्थ र मिसावट नियन्त्रणको लागि समेत प्रहरीले सक्रियता वढाएको छ ।

Posted by Butwalonline on 8:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रहरीको सुरक्षा सतर्कता वढ्यो"

Leave a reply