|

ढिकी जातो लोप हुन थाले पछि रोटीको ठाउ लिदै मिठाई

किरणमान बज्राचार्य,कपिलबस्तु २ मंसिर - नया टोलकी  आशा अर्याल पोहर परार जस्तो रोटी पकाउने हतारोमा थिईनन् । सधै तिहार आउदा पाँच साता दिन अघि देखि सेल, फिनी, झिनिया र अर्सा बनाउने उनी यस बर्ष भने दाजुभाईलाई मिठाईका परिकार दिएर तिहारको टिका लगाईन् ।

बढदो आधुनिकतासंगै अर्याल घरमा मात्र हैन धेरैका घरमा बिभिन्न परिकारका रोटी बनाउन कम हुदै गएको छ । तेलको ताई तताएर साता दश दिन अघि देखि रोटी पकाउने घरघरमा अब रोटीको ठाउ मिठाई लिन थालेको छ ।

रोटी पकाउन पिठो, दाल र चामल पिस्नका लागि ढिकी जाँतो शहर बजारमा देख्न पनि दुर्लभ हुन थालेको छ । ढिकी जाँतोमा पिसेको पिठोबाट बनाईएको रोटीको स्बादै बेग्लै हुन्छ । उता चिउरी र सालको पात पाउन पनि छाडे पछि ठूलो टपरी पनि पाउन छाडेको छ । आजभोली थाल र प्लेटमा दिने चलन बढेको छ ।

खानपान र आधुनिकतासंगै अचेल ग्यास्टिकका बिरामी बढन थाले पछि पनि तेल ध्युमा पाकेको रोटी खाने कम हुदै गएका कारण छन् भन्छिन् बनगाईकी बिष्णु भुषाल । उनले तिहार आउन दश–बाह् दिन अघि देखि रोटी पकाउन पर्ने चटारो संझदै अब ती क्षणहरु बिरानो हुदै गएको दुखेसो पोखिन् । उनले कस्ले राम्रो र छिटो रोटी पकाउछ भनेर साथीहरु बीच प्रतिस्प्रर्धा नै चल्ने गरेको थपिन् ।

पहिले दशैं सकिना साथ तिहारको चटारो लाग्थ्यो अब भने लक्ष्मीपुजाको दुई अघिबाट मात्र तिहारको चटारो लाग्ने गरेको बैरियाकी गीता अधिकारीले बताईन् । लक्ष्मी पुजाका दिन घरमा तेलको बास्ना आएन भने बर्ष भरि अनिकाल हुन्छ भन्ने धार्मिक मान्यता भए पनि तेलको ताईको साटो पसलबाट मिठाई किन्ने बढेका छन् । आनन्दबागकी श्यामा श्रेष्ठले अब रोटी बनाउनुको साटो मिष्ठान पसलमा महिलाको भीड लाग्ने गरेको बताईन ।

टिकाका लागि माईत जानु दुई दिन अघि कसौधन मिष्ठान भन्डारमा मिठाई खरिद गर्न आएकी पदमा अधिकारीले सजिलो र खर्च कम हुने भउ पछि दाजुभाईलाई कोशेली लैजान लागेको बताईन् । बिहे अघि रोटी बनाउथे अब भने आधुनिकतासंगै सजिलोका लागि मिठाई किन्न सहज भएको बताईन् । सागरटोलकी राधादेबी शर्माको घरमा तिहारमा पाक्ने अनरसा, भिनिया र फिनीको ठाउ मिठाईले लिन थालेको दुई तिन बर्ष भयो । आफु बुढी भईयो पढेलेखेका छोरी बुहारीले रोटी पकाउन जान्दैनन् भण्डारीले टोल छिमेकमा पालैपाले रोटी पकाउदै हिडदाको रमाईलो अब कहिल्लै नपाउने बताईन् ।

समय र आधुनिकतासंगै मिठाईले रोटीलाई बिस्थापित गदै गएको छ । रोटीको साटो मिठाईसंगै बिस्कुट, कुकुज र चकलेट पनि ठाउ लिदै गएको छ । यस बर्ष नातीनातीनाका मन राख्न मात्रै थाले सेल र फिनी बनाएको भिक्षु चौककी माधबी घिमिरेले बताईन् । उमेर ढल्किदै गए पछि पहिलो जस्तो जोस जागर नहुने भन्दै छोरी बुहारीले रोटी पकाउन झंझठ मानेकाले मिठाईले काम चलाउनु परेको बताईन् । रोटी पकाउने प्रचलन कम भएकाले यहा मिठाईको ब्यापार तेब्बर बढेको छ ।

Posted by Butwalonline on 5:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ढिकी जातो लोप हुन थाले पछि रोटीको ठाउ लिदै मिठाई"

Leave a reply