|

सहमति नभएपछि बजेट चार दिन पछि सर्‍यो

काठमाडौ, कार्तिक २८ -सत्तारूढ एमाओवादीले बजेट ल्याउन दिन गरेको आग्रह विपक्षी दलहरूले अस्वीकार गरेपछि सरकारले बजेट अध्यादेश ल्याउने समय चार दिन पछि सारेको छ । राष्ट्रपति रामवरण यादवले पनि बजेट ल्याउन केही दिन पर्खन सुझाव दिएपछि सरकारले मंसिर १ सम्म पेस गर्ने जनाएको हो ।

सरकारले सोमबारै बजेट अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने तयारी गरेको थियो । विपक्षी दलले बजेटसहित राजनीतिक विषयमा समेत प्याकेजमै सहमति हुनुपर्ने अडान राखेपछि सरकारले केही दिन समय सारेको हो । राष्ट्रपतिले समेत बजेट सहमतिमा आउनुपर्ने र त्यसका लागि दलहरूबीच सहमतिको प्रयास भइरहेको उल्लेख गर्दै केही समय पर्खन सुझाएपछि सरकारले पूर्वनिर्धारित कार्यक्रम पर सारेको हो ।
स्रोत : कांतिपुर 

Posted by Butwalonline on 6:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहमति नभएपछि बजेट चार दिन पछि सर्‍यो"

Leave a reply