|

गजल प्रशिक्षणका विधि ,व्युत्पति र संरचना

अर्जुन पाण्डे, तुलसीपुर- दाङ
सिर्जनाको सम्बन्ध विशेषगरि अनुभूति वा भावनात्मक पक्षसगा हुन्छ परन्तु लेख्ने एउटा पाटो हो भने सिकानु अर्को त्यसैले कुनै पनि सिर्जना सिकेर सिक्न नसकिने तर स्वतस्फूर्त रुपमा उब्जने भएकाले त्यसका लागि रचनात्मक दिशानिर्देश प्रशिक्षणको आवश्यकता हुन्छ ,त्यसैले वर्तमान समयको लोकप्रीय विधा गजल अन्य विधाका तुलनामा वढी सैद्दान्तिक र अनुशासित विधा भएकाले यसको जानकारी आवश्यक देखिन्छ ।

जसकारण सिकाइ सिद्दान्त अनुसार गजल शिक्षण वा प्रशिक्षणमा PPP को विशेष भूमिका रहन्छ:
तीन P अर्थात

P-presentation

P-practice

p-production


पहिलो P-presentation अर्थात प्रस्तुती यसमा प्रशिक्षकको सक्रिय भूमिका रहन्छ जसले गर्दा विषयवस्तुको सैद्दान्तिक जानकारी दिइन्छ भने यसको सम्बन्ध वढि मात्रामा सिद्दान्त सगा हुन्छ |

दोस्रो P-practice अर्थात अभ्यास यसमा विषेश गरि प्रशिक्षार्थीको भूमिका रहने गर्छ उचभकभलतबतष्यल अर्थात प्रस्तुतीमा सिकेका कुराहरु  विषेश ध्यान दिनुपर्छ ,कमी कमजोरीहरुलाई निमूल पार्ने यो चरणको काम भएको हुनाले यसमा विषेश गरि प्रशिक्षार्थिले सिद्दान्तवाट व्यवहारिकतिर उन्मुख हुनु नितान्त जरुरी देखिन्छ भने तेस्रो p-production अर्थात उत्पादनमा प्रशिक्षकको त्यत्ती भूमिका नदेखिएता पनि प्रशिक्षार्थीले भने प्रस्तुती र अभ्यासमा सिकेका सिकाइलाई उत्पादनका लागि सहयोगी वनाउदै अगाडी वढ्नुपर्छ तर यिनका अतिरितm तत्कालीन आनपर्ने व्याख्यान विधि, रचना र प्रस्तुतीकरण विधि,प्रश्नोतर विधि आदि सगौ तत्काल आइपर्ने समस्याको समाधान गर्न गजलमनहरुले आवश्यकतालाई हेरेर अन्य विधिको प्रयोग गर्न नसकिने भने होईन एकाग्रतापूर्वक गरिएको विचारले असम्भवलाई पनि सम्भव तुल्याउछ ।।

गजलको व्युत्पति र संरचना

गजल अरबी भाषाको  स्त्रीलिङी शब्द हो । अरबीमा यसको अर्थ प्रेमीका सगाको संवाद वा भलाकुसारी हुन्छ ,यसरी गजल शब्द अरबी भाषावाट आए ता पनि अरबी भाषामा भने एउटा पनि पाईदैन तर यसको प्रारम्भीक लेखन भने फारसी वाट आूए स्वाकारिन्छ र फारस्ीा भाषा सगै उदूा ,हिन्दी,हुदैज नेपाली भाषामा प्रवेश गरेको हो । प्रथम तह गजल अरबी भाषावाट नभई फारसी भाषामा आएको हुनाले केहि विद्दानहरुले गजललाई फारसी भन्ने गरेका पनि छन् तर अधिकाम्स विद्दानहरुको भने भिन्ना भिन्नै मत दिएका छन् ।

१, अरबीमा गजला भन्ने एउटा हरिणको बच्चा हो ।त्यही गजला एकदिन सिकारीको आक्रमणले धायल भएपछि एउटा संवेदनशील आवाज निस्कीयो तर त्यसको ध्वनिग गजलले प्रस्तुत गर्ने संवेदनशीलता जस्तै भएकाले यसैवाट गजला हुदै गजल वनेको भन्निछ ।

२,अरबी  भूमीमा एक जना सायर थिए,जसले आप््रmनो सम्पुर्ण जीवनलाई प्रेम,मदिरा र विलासितामा समर्पित गरेका थिए त्यसैले ति सायरको  नाम गजल भएकाले उनको मृत्युपछि उनै सायरको सम्झनामा गजल भन्ने नाम राखिएको हो ।

३,गजल=गं..+ज+अल हो , अरबी भाषामा ‘ग’को अर्थ वाण्ी ‘ज’को अर्थ नारी ‘अल’ को अर्थ बोलचाल भएकाले गजलको अर्थ नारीसगाको भलाकुसारी , बोलचाल वा नारी सगाको संवाद भन्ने बुझिन्छ ।

यसरी गजललाई गजलका आधारमा गजलका संरचनालाई दुई भागमा विभाजन गरिएको छ ।

क) आन्तरिक संरचना

ख)बाह्रय संरचना

गजलको आन्तरिक संरचनामा लयात्मकता,सरलता,सरसरता,मिसराहरु बीचको उचित समायोजन,काफिया र रदिफ विचको तालमेल ,भावनाको गहिराई जस्ता कुराहरु पर्छन् भने संरचनामा विभिन्न विशेष तत्mवमान सकिन्छ ,जस्तै काफीया,रदिफ,सेरÞÞÞÞÞÞÞÞÞÞÞÞÞÞÞ   आदि जसले गर्दा  गजल साहित्यका अन्य विधा भन्दा निकै फरक पाईने भएकाले वाह्य संरचना
यस प्रकारका छन् ।

१) सेर स्गजलमा दुई दुई पतिmका विभिन्न गुच्चाहरुलाई हुान्छन् भने त्यस्ता पतिm                       गुच्चाहरुलाई सेर भनिन्छ । सेर अरबी भाषाको शब्द होर त्यसको अर्थ कपाल भन्ने वुझिन्छ । गजलमा यतिनै सेर हुनुपर्छ भन्ने छैन्तर न्यूनतम तीन सेर देखि ४,५,६,७,हुदै २२ सेर सम्मका गजल रचना भएता पनि सेर आफैमा स्वतस्त्र र पूर्ण हूनुपर्छ तर विषयवस्तुका हिसाबले एउटा  सेरले अर्को सेर सगा सम्बन्ध राख्नु जरुरी रहदैन् ।
यसरी सेरमा प्रयुत वस्तुका आधारमा गजललाई दुई भागमा विभाजन गरिएुको छ ।

क)मुसलसल गजल

ख) गैर मुसलसल गजल

गजलका सम्पुर्ण सेरमा समेटिएको विषय वस्तु एउटै छ भने त्यसलाई  मुसलसल गजल भनिन्छ तर गजलका सम्पुर्ण सेरमा समेटिएको विषय वस्तु भिन्ना भिन्नै छन् भने त्यसलाई गैर मुसलसल गजल भनिन्छ । यस्तै सेरहरुमध्ये सवै भन्दा राम्रो सेरलाई हासिले भनिन्छ ।

२) मिसरा

हरेक सेरको पतिmलाई मिसरा भनिन्छ भने पहिलो पतिmलाई मिसरा.ए.उला भनिन्छ र दोस्रो पतिmलाई मिसर.ए.सानी भनिन्छ । मिसर.ए .उला मात्रै सुनाउदा यौटा कौतुहल उत्पन्न हुन्छ तर मिसर.ए.सानीको काम भनेको मिसर.ए.उलाले उत्पन्न गरेको कौतुहल मिसर.ए.सानीले त्यही कौतुहल पूर्णता दिने काम गर्छ ।

३) मतला

गजलको पहिलो सेरलाई मतला भनिन्छ । मतलाको अर्थ प्रारम्भ वा सुरुवात भन्ने हुन्छ  । यसवाट के थाह हुन्छ भने मतला भनेको गजलको प्रारम्भ हो जसले गर्दा गजल वाचन गर्दा होस् वा गाउदा हरेक सेर सिध्याएपछि मतलाको कुनै एक पतिm दोहा्रेआइन्छ ।

४) मतला

गजलको अन्तिम सेरलाई मतला भनिन्छ । अरबीमा समापन अर्थात समाप्ती जनाउने मतला भन्ने वितिकै गजलको सन्दर्भमा समाप्तिको सेर भन्ने वुझिन्छ किन्तु गजलको  अन्तिम सेरमा आप्mनो नाम अथवा उपनाम राख्ने प्रचलन भएको हुदा त्यसलाई तखल्लुस भनिन्छ भने यति गजलको अन्तिम सेरमा कुनै नाम अथवा उपनाम राखेको छैन भने त्यसलाई मतला भन्नुपर्ने हुन्छ ।

५) काफिया

काफिया  अरबी  भाषाको पुलिङी शब्द हो । यसको अर्थ बारम्बार आउने भन्ने वुझिन्छ । काफिया को अर्थ अनुप्रसा अथवा तुक हो यो गजलको अनिवार्य तत्व हो र काफिया गजलको मुटु पनि हो । गजलको मतला भागमा भएका दुवै मिसरामा काफियाको प्रयोग अनिवार्य तत्व भने अन्य दोस्रो सेर पंतिmमा काफियाको प्रयोग भएको छभने यसलार्इृ हुस्ने मतला वा मतला ए.सानी भनिन्छ । काफिया गजलको शति भएकाले विधागत पहिचान गराउदै भाव र शिल्प पक्षलाई समेत अत्यन्त रोचक वनाएको हुन्छ । काफिया प्रयोगका दुष्टिले गजलको स्वरुप यस्तो हुन्छ 


                             आ,बा,दा,का/इ
काफियाका प्रकार हरु :

शब्दको बनोट ,स्वर,र व्यञ्जन वर्णका आधारमा गजल लाई ४ प्रकारमा विभाजन गरिएको छ ।

क) पूर्ण काफिया

ख) आंशिक काफिया

ग) मिलित काफिया

ध) एकाक्षरी काफिया
 

स्वर र व्यञ्जनका आधारमा श्रुति समानार्थ र उस्तै उच्चारण हुने शब्दलाई पूर्ण काफिया भनिन्छ  ,एउटा पूर्ण शब्द नभएर त्यस शब्दका केही वर्णमात्रै काफियाको रुपमा आएका छन् भने त्यस्तै प्रकारले एउटा अक्षरबाट मात्र निमार्ण भएका काफिया लाई एकाक्षरी काफिया  भनिन्छ ।

६) रदिफ

प्रत्येक सेरमा काफियाका पछाडी दैडिने पद वा शब्द समूहलाई रदिफ भनिन्छ । रदिफ गजलको अनिवार्य तत्व भने होईन तर रदिफयुतm गजल गाउनका लागि उपयुतm हुनुका साथै श्रुतिमधुर पनि हुने गर्छ । रदिफ अरबी भाषाको शब्द हो र यसको अर्थ घोडा वा घोडाको पछाडी वसेको व्यतिm तथा गजलमा काफियाको पछि आउने शब्द हो ।
        जानकारी

लुकेको अध्यारो कहानी लाग्यो                              
किनार अनौठो जवानी लाग्यो                                                                                           
उषामा भुलेको  कथा त्यो नगाउ
भिजेको अनौठो सिरानी लाग्यो

इशारा विजोड प्रभाती गतिको
विराई भेटेयो खरानी  लाग्यो

हरायो वधाई हरायो नवोली
फुकायो विपना विहानी लाग्यो

रहेको तलाउ निर्दयी उषामाक
सुहायो अर्जुन निसानी लाग्यो ।।

     काफिया

    मतला

     मिसर .ए.उला

     मिसरा .ए.सानी

     रदिफ

   सेर

   तखल्लुस

   मतला









Posted by Butwalonline on 8:47 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल प्रशिक्षणका विधि ,व्युत्पति र संरचना"

Leave a reply