महिलाहरु पनि पुरुषहरुको दाजोमा हरेक क्षेत्रमा सक्रिय पाईन्छ: दिपा पाण्डे
बिर्गा–३, स्याङ्जामा जन्म भई हाल देवीनगर बुटवलमा बसोबास गरेकी दिपा पाण्डे विगत १२ बर्षदेखि युएईमा रोजगारीको सिलसिलामा कार्यरत रहंदै आएकी थिइन् भने अब उहां दुबईस्थित भर्खरै खुलेको सिल्वर स्पून नेपाली रेष्टुरेण्टको संचालिकाको रुपमा चिनिनुहुन्छ । “जहां नेपाली वही आफ्नै स्वदेशी स्वाद,, भन्ने नाराका साथ युएईमा कार्यरत लगभग २ लाख २० हजार नेपालीहरुको मांझमा स्वदेशी परिकारका स्वादहरु पस्कने जमर्कोमा लागिपरेकी छिन् । एउटा महिला भएर पनि विदेशको भूमिमा आफ्नै लगानी लगाई रेष्टुरेण्ट व्यावसायी क्षेत्रमा कदम चालेर साहस देखाउनु भएको छ, यो एउटा गर्वको कुरा हो । अर्कोतिर उहांले अरुलाई पनि रोजगार दिएर महिलाहरुको किर्तीमान उचाईमा पुर्याउनु भएको छ । एक दिन रेष्टुरेण्टमा गएको दौरान नेपाली समाचार पाक्षिक युएईका प्रधान सम्पादक लालबहादुर ढेंगाले उहांसंग संक्षिप्तमा कुराकानी गर्नु भएको थियो । पेश छ त्यही कुराकानीहरुको केही अंशहरु:प्रश्न: तपाई युएईमा १२ बर्ष पहिला आउदा र अहिलेको वर्तमान समयमा नेपालीहरुको गतिविधि र चहल पहलमा कतिको फर्क पाउनु हुन्छ ?
उत्तर: सुरुमा युएईमा आउदा रोजगारीको सिलसिलामा आएको हुनाले मेरो ड्यूटी र बसोबास शारजाहमा थियो, खासै नेपालीहरुसंग मेरो सम्पर्क भएन । जहांसम्म लाग्छ त्यति बेलामा र अहिलेको अवस्थामा धेरै परिवर्तनका साथ नेपालीहरुको संख्यामा पनि ह्वाट्टै बृद्धि भएको पाईन्छ ।
प्रश्न: दिपा जी, व्यावसाय गर्नको लागि अरु पनि त थियो । तर, तपाईले रेष्टुरेण्ट व्यावसाय नै किन रोज्नु भएको ?
उत्तर: मुसुक्क हांस्दै भन्नुहुन्छ ! वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित नेपाली कामदारहरुको बृद्धि हुंदै गएको परिपेक्ष्यमा नेपाली रेष्टुरेण्टहरु पनि फस्टाउंदै गएको पाईन्छ । आफ्नै स्वदेशी परिकारको बढ्दो मागलाई ध्यानमा राखेर यस व्यावसायमा उत्रेकी हुं ।
प्रश्न: विगतका दिनलाई फर्केर हेर्ने हो भने महिलाहरु रोजगारमा मात्र निर्भर हुने गर्दथ्यो । तर, अहिलेको अवस्थामा धेरै महिलाहरु विभिन्न व्यावसायमा छाईसकेको छ नि, हैन र ?
उत्तर: हो नि हजुर ! अब त हामीहरु एक्काईशौ शताब्दीमा प्रवेश गरिसकेका छौ । महिलाहरु पनि पुरुषहरुको दाजोमा हरेक क्षेत्रमा सक्रिय पाईन्छ । तर, पुरुषहरुको सहयोग भने अवश्य नै चाहिन्छ है, हां.हां..हां... ।
प्रश्न: हेर्नुस् न हामीहरु विदेशमा भएर पनि सुरक्षितका साथ छौ र आफ्नो परिवारको लागि केही गर्न सकिएको छ । तर, आफ्नै देशमा विरोजगारी भई आफ्नो केही सुरक्षाको ग्यारन्टी नै छैन् नि है ?
उत्तर: म हजुरसंग एकदम सहमत छु । नेपालको राजनीति नै त्यस्तै छ सरकार आउछ जान्छ, बिकास के हो भन्ने थाहां नै छैन् । शान्ति र सुरक्षाको त कुरै नगरौं ।
प्रश्न: दिपा जी ! ग्राहकवर्ग, दाजुभाई तथा दिदीबहिनीहरुलाई केही सन्देश दिन चाहानुहुन्छ कि ?
उत्तर: म मेरो रेष्टुरेण्टमा आइरहने रेगुलर ग्राहकवर्गलाई धन्यबाद दिन चाहान्छु । र, जो आउनु भएको छैन उहांहरुलाई आउनको लागि आग्रह समेत गर्न चाहान्छु । हामीहरु प्रवासको भूमिमा छौ एकआपसमा भाईचारा र सहयोगी बनौं ।
प्रश्न: यति व्यस्तताका बावजुद पनि यस पत्रिकाको लागि आफ्नो अमूल्य समय दिनु भयो, आगामी दिनहरुका लागि उत्तरोउत्तर प्रगतिको शुभकामना दिदै बिदा हुन चाहान्छु ।
उत्तर: हजुरलाई पनि धेरै धेरै धन्यबाद छ । फेरी भेटौला ।