|

गज़ल

दिदी बहिनी सम्झिएर,रुँदैरुँदै गयो तिहार
***************
दिदीबहिनी सम्झिएर,रुँदैरुँदै गयो तिहार
अविरल आँशु धारा, धुँदैधुँदै गयो तिहार

विगतका मीठा क्षणले,घचघच्याए सधैं
विरहले भित्री मन, छुँदैछुँदै गयो तिहार

आँखा भरी द्यौसी, भैलो,मारुनी र नाच
बिछोडले ज्यादै दु:खी,हुँदैहुँदै गयो तिहार

हृदयमा छचल्केका, उकुस मुकुस पीडा
गुम्सिएका पोकाहरु,फुँदैफुँदै गयो तिहार

यो पटकलाई यस्तैभयो,फेरी आउँला भन्दै
वर्षदिनको बाटोसमाइ,उँधैउँधै गयो तिहार


कोमल प्रसाद भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :-रोचेस्टर,न्युयोर्क (अमेरिका)
November 16,2012.

Posted by Butwalonline on 7:52 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "गज़ल "

  1. प्रिय http://www.butwalonline.com/
    यो अमूल्य स्नेह र सद्भावको लागि हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Leave a reply