|

पूर्वयुवराज पारस शाह थाइल्याण्डमा पक्राउ


काठमाण्डौं मंसिर १२ - पूर्वयुवराज पारस शाह थाइल्याण्डमा एक महिनाअघि प्रतिबन्धित लागु औषधसहित पक्राउ परेको खुलेको छ । धरौटीमा हिरासतमुक्त उनी अहिले थाई अदालतमा लागुऔषध मुद्दाको तारेख खेपिरहेका छन् ।

गुपचुप राखिएको यो घटनाबारे नेपाल र थाई दुवै सरकार मौन छन् । विश्वस्त स्रोतका अनुसार कात्तिक ७ गते पर्यटकीय सहर फुकेटमा रहेको उनको निजी निवास छापा मार्दा प्रहरीले ३ दशमलब ४ ग्राम गाँजा फेला पारेको थियो ।

पारसले भने बरामद गरेको गाँजा आफ्नो नभएको दाबी गरे पनि प्रहरीले उनलाई कार्यालय पुर्‍याएको थियो । उनले फुकेट प्रहरी हिरासतमा एक रात काटेका थिए । दोस्रो दिन एक थाई नागरिकले १० हजार भाट धरौटी राखेर उनलाई छुटाएका थिए । उनी अहिले १२-१२ दिन तारेख थाम्न अदालत पुग्ने गरेका छन् ।

थाई कानुन अनुसार लागुऔषध मुद्दाको छिनोफानो हुन कम्तीमा तीन महिना लाग्ने गरेको छ । पूर्वयुवराज पारस शाह पक्राउ परेको बारे थाई प्रहरीले कात्तिक ११ गते नेपाली दूतावासलाई जानकारी गराएको थियो । लगत्तै उक्त खबर परराष्ट्र र गृहमन्त्रालयसम्म आएको थियो ।
 स्रोत:ऑनलाइन खबर 

Posted by Butwalonline on 6:46 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पूर्वयुवराज पारस शाह थाइल्याण्डमा पक्राउ "

Leave a reply