बुटवल १३ देविनगरमा सरसफाई समिति गठन
बिनोद परियार,बुटवल,२३ असोज । बुटवल १३ देविनगरमा रहेका चार वटा टोल विकास समितिको संयुक्त सरसफाई तथा टोल सुधार समिति गठन भएको छ । बुटवल नगरपालिकाको सरसफाई तथा सघन कार्यक्रम अन्र्तगत देविनगरमा रहेका चौपारी,नविन,नवदुर्गा र रामपथ टोल विकास समितिलाई समेटेर रोम बहादुर कुवरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा अन्जला शाक्य,सचिवमा सरिता अग्रवाल,कोषाध्यक्षमा जीवन कुमार श्रेष्ठ सहसचिवमा विजेता केसि रहेका छन् ।
यसैगरि सदस्यमा अर्जुन कुवर,बाबुराम खनाल,तुल्सा न्यौपाने,मिना कार्की,लक्ष्मी बस्नेत र शोभा पौड्याल रहेका छन् । नगरपालिकाले एक बर्ष अघि उपलब्ध गराएको ठेलालाई नया समितिले राम्रोसंग संचालन गर्ने र टोललाई स्वच्छ,सफा र समाजलाई परिवर्तनशिल बनाउने समितिले जनाएको छ ।
