|

इराक, अफगानिस्तान र लिविया वैदेशिक रोजगारीका लागि अनुमति खुला गरिने

काठमाण्डौं ,कात्तिक ६ - वैदेशिक रोजगारका लागि असुरक्षित भन्दै लामो समयदेखि वैदेशिक रोजगारीका लागि अनुमति नदिईएका इराक, अफगानिस्तान र लिविया अव भने खुला गर्ने तयारीमा सरकार जुटेको छ ।

इराकमा नेपालीलाई भ्रमणमै लगाईएको प्रतिबन्ध गत बर्ष फुकुवा गरिएको थियो । उक्त प्रतिबन्ध खुल्ला गरिए पनि वैदेशिक रोजगारका लागि भने खुल्ला गरिएको थिएन ।

यी मुलुकमा रोजगारीको सम्भावना पहिचान गरेर जतिसक्दो चाँडो नेपाली कामदार पठाउने प्रक्रिया अघि बढाईने एक सरकारी अधिकारीले जानकारी दिए । यस विषयमा प्रधानन्त्रीको कार्यालय, श्रम र परराष्ट्र मन्त्रालयबीच छलफल भईरहेको छ ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि ती क्षेत्र सुरक्षित हुँदै गएकाले पहल थालिएको बताएका छन् । सरकारले इराकमा १२ नेपालीको विभत्स हत्या गरेपछि नेपालीलाई इराक प्रवेशमा रोक लगाएको थियो ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 7:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इराक, अफगानिस्तान र लिविया वैदेशिक रोजगारीका लागि अनुमति खुला गरिने "

Leave a reply