|

चार नेपाली दुबईमा अलपत्र

काठमाण्डौं कात्तिक ५ - काम गर्न गएका चार नेपाली दुबईमा अलपत्र परेका छन् । काठमाण्डौं बानेश्वरमा रहेको जी एन्ड जे ओभरसिज -वरुण ओभरसिज) मार्फत चार महिना अघि त्यहाँ पुगेका उनीहरु कम्पनीले सम्झौताबमोजिम काम नदिई निकालेपनि उनीहरु अलपत्र परेका हुन् । अलपत्र पर्नेमा धादिङ तिनखालका प्रकाश रिजाल, धरान बाधुगराका खगेन्द्र लिम्बु, अर्घाखाँची ८ सिमलपानीका शान्तबहादुर बिसी र झापाका खगेन्द्र प्रधान छन् ।

सारजाहस्थित इमिरेट्स क्याव एलएलसी नामक ट्याक्सी कम्पनीमा १२ सय दिराम तलब र कमिसन गरी मासिन नेपाली एक लाख रुपैयाँ पाउने गरी चालकको काम गर्ने सम्झौता अनुसार उनीहरु त्यहाँ पुगेका थिए । तर त्यहाँ कम्पनीले भनिएको काम नदिएर न्युनतम तलबमा लेबरको काम लगाएको थिए ।

पीडीले टेलिफोन मार्फत दिएको जानकारी अनुसार उनीहरुलाई ३ सय दिराम मात्र तलब दिएर लेबरमा काम लगाएको र त्यसको विरोध गर्दा कम्पनीले निकालिदिएकाले समस्या उत्पन्न भएको उनीहरले बताएका छन् ।

अलपत्र परेका चारै जना प्रतिव्यक्ति ६ सय दिराममा बंगलादेशी रेस्टुरेन्ट अल मस्करमा बस्दै आएकोमा अहिले उनीहरु बेखर्ची भएका छन् ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 7:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चार नेपाली दुबईमा अलपत्र "

Leave a reply