|

विजया दशमी तथा शुभ-दिपावलीको अवसरमा शुभकामना आदान प्रदान


लक्ष्मण पोखरेल,बुटवल, २ कात्तिक । नेपाली कांग्रेस बुटवल १४ राजपुर टोल समितीले विजया दशमी तथा शुभ-दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

बिहिबार राजपुरमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही कार्यक्रममा एमाले तथा माओवादीका २५ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

कांग्रेस टोल सभापति लेखनाथ बस्यालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य रामबहादुर कार्कीले शुभकामना व्यक्त गर्दै उनीहरुलाई पार्टीमा प्रवेश गराउनु भएको हो । कार्यक्रममा महाधिवेसन प्रतिनिधि उदयराज काफ्ले क्षेत्रीय सदस्य मनरुपा थापा, वार्ड सभापति रत्नबहादुर थापा, सचिव टोपप्रसाद श्रेष्ठ, सावित्रि पौडेल, सिता जिसी, शशिधर सुवेदी, ईश्वरीप्रसाद आचार्य, लक्ष्मी केसी, भिमबहादुर थापा, सुर्यमणी शर्मा, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Posted by Anonymous on 4:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विजया दशमी तथा शुभ-दिपावलीको अवसरमा शुभकामना आदान प्रदान"

Leave a reply