बर्तमान राजनीतिक संकमणकालको निकास ताजा जनादेश
लक्ष्मण पोखरेल,बुटवल कार्तिक २ । बर्तमान राजनीतिक संकमणकालको निकास ताजा जनादेश भएको विभिन्न दलका केन्द्रीय सदस्यहरुले बताएका छन । रिपोर्टर्स क्लव लुम्बिनी अञ्चल संमन्वय समितिको आयोजनमा विहिवार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा साक्षत्कार कार्यक्रममा बोल्दै नकपा एमाले केन्द्रीय सदस्य नेत्र पन्थी, नेपाली कांग्रेस केन्द्रीय सदस्य बाबुराम राना तथा एनेकपा मओवादी केन्द्रीय सदस्य भक्ति पाण्डेले बर्तमान राजनितिक निकासको एकमात्र विकल्प ताजा जनादेश भएको बताएका हुन ।
राजनितिक दलहरु विच बढ्दै गएको दुरी र अवको निकासु विषयमा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य नेत्र पन्थीले राजनीतिक दलहरु विचमा भएको जुंगाको लडाईको कारण देश नया बाटोतर्फ उन्मुख उन नसकेको बताउदै यसको लागि दुई वटा विकल्प अगाडी सारेको बताएका हुन । उनले विगठीत संविधान सभालाई छोटो समयको लागि पुर्नस्थापना गरेर विवादित विषयमा जनमत सग्रघहबाट टुंग्याउने पर्ने र त्यो संभव नभएमा ताजा जनादेशमा जानुपर्ने बताएका हुन । साक्षत्कार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बाबुराम रानाले सहमतिय सरकारको लागि डा. बाबुराम भट्राई नेतृत्वको सरकारले हलो अड्काउने काम गरेको आरोप लगाए ।उनले सहमतिको बाधक एनेकपा माओवादी भएको भन्दै यसको लागि छिटै सरकारबाट राजिनामा दिइएर सहमतिको सरकारमा अगाडी बढ्नु पर्ने बताए । संविधान सभा पुर्नस्थापान कुनै पनि हालतमा नहुने भन्दै यसको लगि नया निर्वाचनमा जानुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा एनेकपा माओवादीका केन्द्रीय सदस्य भक्त पाण्डेले संविधान सभा विघठन हुनुमा अन्य दलरुलेको हटको कारण भएको भन्दै नया सहमतिको लागि राजनीतिकदलहरु आएमा एक हप्तामै सहमति हुने ठकुवा गरे । उनले जन निर्वाचित सरकारलाई काम गर्न नदिएको भन्दै दलहरुले पहिला सरकार र त्यपछी शान्ती चाहेको आरोप लगाए । नया सहमतिको चिराबाट अगाडी आएमा संविधान सभा पुर्नस्थापान तथा ताजा जनादेश दुबैमा जान सकिने समेत उनको भनाई थियो । कार्यक्रम रिपोर्टर्स क्लव लुम्निी संमन्वय समितिका अध्यक्ष प्रकाश खनालको अध्यक्षता तथा पत्रकार कृष्ण खनालको सञ्चालनमा भएको थियो ।