एक महिलाको अस्थिपञ्जर फेला
गुल्मी, कार्तिक ३ । गुल्मी र वाग्लुङ्ग जिल्लाको सिमानामा पर्ने फुलवारी भन्ने स्थानमा एक महिलाको अस्थिपञ्जर फेला परेको छ । गुल्मीको वाग्लुङ्गको काडेवास गाविससाग सिमा जोडिएको अर्लाङ्गकोट गाविस वार्ड नं. ९ मा पर्ने उर्लेनी वनमा महिलाको अस्थिपञ्जर फेला परेको हो ।
सालिमेदहदेखि ५ किलोमिटर पुर्व अर्लाङ्गकोट गाविस, दिव्रुङ्ग गाविस र काडेवास गाविस जोडिने उर्लेनी भन्ने वनमा वाटोदेखि करिव १ किलोमिटर तल उक्त अस्थिपञ्जर फेला परेको त्यहावाट लोकप्रसाद छन्त्यालले जानकारी दिनुभएको छ । अस्थिपञ्जरसागै रातो र पहेलो रङ्गको साडी, रातो पटुकी, ढाकाको चोली, प्याजी रङ्गको स्वीटर कपडा फेला परेकोले उक्त अस्थिपञ्जर महिलाको हुनसक्ने अनुमान गरिएको प्रहरीलाई उदृध गर्दै सहकर्मी छन्त्यालले वताउनुभयो । दशैको समयमा वाटो सरसफाई गर्ने क्रममा स्थानीयले देखेपछि वामी प्रहरीलाई खवर गरिएको र भोली मात्र त्यस स्थानमा प्रहरी पुग्ने उहाले बताउनुभयो । अहिले त्यस स्थानको स्थानीयवासीले रेखदेख गरिरहेका छन् ।