चाडपर्वसागै सुरक्षा व्यवस्था कडा
सिता भण्डारी,गुल्मी, कार्तिक ३ । हिन्दु नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा गुल्मी जिल्लाको शुरक्षा अवस्थालाई चुस्त पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले चाडपर्वका वेला हुनसक्ने विभिन्न घटनाहरुलाई मध्यनजर गरेर सदरमुकाममा मात्र नभई ग्रामिण क्षेत्रहरुमा पनि सरक्षा सर्तकता कडा पारिएको जानकारी दिनुभयो । साथै उहांले चाडपर्व मनाउने क्रममा अपराध वढाउने खालका गतिविधीहरु नगर्न सर्वसाधारण समक्ष आग्रह समेत गर्नुभएको छ । चाडवाडको समयमा हुनसक्ने अपराधिक घटनालाई मध्यनजर गरी गाउगाउ सम्म शुरक्षा अवस्थालाई कडा पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्लाको शुरक्षा अवस्थाका लागि लामो तथा छोटो गस्ती सञ्चालन गरेको समेत जनाएको छ । यता दशैमा घर जानका लागि टाढा टाढावाट सदरमुकाम तम्घाससम्म आएका दाजुभाई दिदिवहिनीहरु समयमा गाडी नपाउदा अलपत्रमा पर्ने गरेका छन् । सदरमुकामवाट ग्रामिण क्षेत्रमा चल्ने सवारी साधान पर्याप्त नहुदा पनि आफुहरु समस्यामा परेको उनीहरुको गुनासो रहेको छ । विशेस गरी सदरमुकामवाट पश्चिमतर्फ चल्ने सवारी साधन नपाउदा यात्रुहरु कुन होटलमा गाडी वुकिङ्ग हुदैछ भनि भौंतारीरहेका देखिन्छन् ।