पुन : निर्माण भईरहेको सुन्दर तानसेन दरबार
पाल्पा- तानसेनको ऐतिहासीक दरबार ,
ऐतिहासीक, पुरातात्वीक महत्व वोकेको दरबार,भौतिक योजना तथा निर्माण मन्त्रालयको पुन निर्माण एकाइवाट प्राप्त वजेट र शहरी विकास तथा डिभिजन भवन कार्यालय पाल्पाको प्रविधीक रेखदेखमा
पुरानै स्वरुप र शैलीमा पून निर्माण भइरहेको
छ |
तत्कालीन विद्रोही नेकपा माओवादीले २०६२ सालको माघ १९ गते तानसेन आक्रमणका क्रममा ऐतिहासीक र दरबार माथी आगो लगाएपछि ध्वस्त दरबार खरानी वन्दा जिल्ला वासीलाई आफन्त नै गुमाए जस्तै भएको थियो ।
एक सय वर्ष भन्दा पुरानो दरबार परम्परागत रुपमा निर्माण मर्मत गर्दा पुरातत्व ऐन अनुरुप आधुनिक निर्माण सामाग्रीको प्रयोग गर्न नपाइने र परम्परागत रुपमा गाह्रो लगाउन प्रयोग हुने स्थानीय प्रविधी द्वारा निर्मीत चुना, सुर्कीको प्रयोग गरी निर्माण गरिएको छ । पुरातत्व ऐन अनुरुप निर्माण गर्दा गर्दै पनि निर्माण कार्यमा केही कमि कमजोरी हरु देखिएका छन| स्थानीय समाज सेवीराजेश्वर उदयका अनुसार हाल निर्माण भईरहेको तानसेन दरबारको प्रवेश द्वार मौलिक भन्दा ७ - ८ इन्चले सानो छ |तेस्तै दरबारको यो माथिल्लो बुर्जामा जानको लागि भर्याङ्गको रुपमा फलामको छड राखिएको छ जून पुरानो दरवारमा तल्लो कोठाको भित्रबाट थियो.| वहांले गुनासो पोख्नुहुन्छ "मौलिक स्वरूपमा बनाउन सकेनौ भने पछिको पिंढीलाई हामीले के भनेर जवाफ दिने " | यस्ता गंभीर खालका त्रुटीहरुमा न त पुरातत्व विभाग को ध्यान जान सकेको छ न त दिनको सयों पटक यही बाटो भएर ओहर दोहर गर्ने स्थानीयहरुको |
एक नजर तल दिएका तस्वीर हरुतीर .....
निर्माण भईरहेको सुन्दर तानसेन दरबार तस्विर : राजेश्वर उदय, तानसेन |
निर्माण भईरहेको तानसेन दरबारको प्रवेश द्वार मौलिक भन्दा ७ - ८ इन्चले सानो छ.. तस्विर : राजेश्वर उदय, तानसेन |
निर्माण भईरहेको तानसेन दरबारको यो माथिल्लो बुर्जामा
जानको लागि धराप
जस्तै बनाइएको छ भर्याङ्ग फलामको छडको रुपमा. यो बुर्जामा जानको लागि भर्याङ्ग .... तस्विर : राजेश्वर उदय, तानसेन |
Posted by Butwalonline
on 11:09 AM. Filed under
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response