लोकाहा खोलामा आएको बाढीले डाइभर्सन भत्काउंदा पुन सडक अवरुद्ध
नवलपरासी,असोज ५ लोकाहा खोलामा आएको बाढीले खोलामा बनाएको डाइभर्सन भत्काउंदा पुन सडक अवरुद्ध भएको छ ।आज चार बजेबाट सडक अवरुद्ध भएको हो । नवलपरासीको लोकाहा खोलामा डाइभर्सन निमार्ण भएको २ दीन नबित्दै सो डाइभर्सन फुटेको हो । आज दिउसो करीब ४ बजे खोलामा पानीको बाहाव एक्कासी बढेपछी डाइभर्सन बगाएको हो ।
बुधबार देखि लोकाहा खोलामा डाइभर्सन निर्माण भएको थियो । बाटो अबरुद्ध भएपछी अहिले सयौ सवारी साधनहरु अलपत्र परेका छन भने हजारौ यात्रुहरु बिचबाटोमानै रोकीएका छन ।त्यसैगरी वैकल्पिक मार्गको रुपमा कावासोतीबाट हात्तीखोर कोइलापानी देवचुलीको विशालटार हुंदै प्रगतिनगरबाट यातायात र स्याउलीबजार पिठौली हुंदै प्रगतिनगरबाट पनि सवारी साधन सञ्चालनमा ल्याएईको पनि खोलामा पानी बढेपछि त्यो पनि अवरुद्ध भएको छ । बिहीबार डाइभर्सन सञ्चालनमा आए पछि सवारी साधन सहजै सञ्चालनमा आएको थियो ।