|

तीव्र गतिमा सवारी हाक्नुहुन्छ?होसियार, र्‍याडर गन कारबाहीमा पर्नु होला


भैरहवा, भदौ १९- सवारीको गति मापनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लुम्विनी अञ्चल प्रहरी कार्यालय भैरहवालाई तीन वटा र्‍याडर गन (सवारी साधनको गति नाप्ने यन्त्र) उपलब्ध गराएको छ|

हेर्दा पेस्तोल जस्तो देखिने यो यन्त्रले गुडिरहेको सवारी साधनको गति देखाउनेछ। यसले जुनसुकै सवारी साधनको दुई किलोमिटर टाडासम्मको गति देखाउँछ। जसले गर्दा तीव्र गतिमा सवारी चलाउनेलाई तुरुन्तै कारबाही गर्न सजिलो हुने लुम्विनी अञ्चल प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक बमबहादुर भण्डारीले बताए।

सवारी गतिबारे स्पष्ट नीति नभए पनि सम्वेदनशील क्षेत्रमा प्रतिघण्टा ४० किमि भन्दा बढी र खुला राजमार्गमा ६० किमि भन्दामाथिको गतिमा सवारी चलाउनेलाई प्रहरीले कारबाही गर्ने गरेको छ।

लुम्विनी अञ्चल प्रहरीले गत वर्षदेखि नै सवारी दुर्घटना न्यूनीकरण गर्न अभियान चलाएको छ।

त्यसका लागि अञ्चलमा सडक सुरक्षा जाँच टोलीनै खडा गरिएको छ। यो टोलीले भैरहवा, लुम्बिनी, बुटवल लगायतका क्षेत्रमा दिनहुँ सवारी जाँच गर्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गर्दै आएको छ।

प्रहरीको यो अभियान अझ प्रभावकारी होस भन्ने हेतुले र्‍याडर गन हस्तान्तरण गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले बताए। रासस(समाचार नागरिक न्यूज बाट )

Posted by Butwalonline on 6:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तीव्र गतिमा सवारी हाक्नुहुन्छ?होसियार, र्‍याडर गन कारबाहीमा पर्नु होला "

Leave a reply