|

बाटुलेचौरमा हुने तिज मेलाको तयारी अन्तिम चरणमा


घनश्याम पाण्डेय,भाद्र १९ - पोखराको बाटुलेचौरमा यहि असोज १ र २ गते हुने ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । वातावरण संरक्षण क्लबको आयोजना एवं हिमालयन क्लबको सहआयोजनामा हुन लागेको तीज मेलाको  आज पोरखमा पत्रकार सम्मेलन  गरेर तयारी अन्तीम चरणमा पुगेको जनाएको हो । प्रतियोगीतामा खुला तर्फ २० समुह र माध्यमिक विद्यालय स्तरीयमा १५ समुहको सहभागीता रहने अपेक्षा गरीएको क्लबका सचिव पुष्पराज तिमल्सिनाले जानकारी दिनुु भयो ।

खुला तर्फ प्रथम हुने लाई १५ हजार,द्धितिय लाई १० हजार तितृय लाई रु ५ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ । यस्तै प्रत्येक सहभागी समुह लाई खुल्ला तर्फ २ हजार र विद्यालय स्तरियमा प्रथम द्धितिय र तितृय हुने लाई क्रमश : ७ हजार ५ हजार र ३ हजार रहेको छ विद्यालय स्तरियमा सहभागी प्रत्येक समुह लाई रु १ हजारको दरले उपल्बध गराइने बताइएको छ ।

पोखराको चिप्लेढुङगामा रहेको मेन स्ट्रिट क्याफे एण्ड रेष्टुरेन्टमा भएको पत्रकार सम्मेलनमा आयोजकले मेला सम्पन्न गर्न ३ लाख ७५ हजार खर्च लाग्ने अनुमान गरीएको र सोही रकम बराबरको रकम विभिन्न संघसस्थाहरु बाट संकलन गरीने क्लबका अध्यक्ष छविलाल शर्माले जानकारी दिनुभयो । बाटुलेचौरमा तीजमेला ऐतिहासिक मेला भएको भन्दै सस्कृति जोगाउन तीज मेला बर्षेनीहुने गरेको कार्यक्रम संयोजक नरनाथ भट्टराईले बताउनु भयो । मेलामा मुख्य प्रायोजकमा श्रेष्ठ क्याटरीङ रहेको  बताइएको छ । मेलामा २० हजार दर्शकले अबलोकन गर्ने आयोजकले  अपेक्षा गरेको छ ।

Posted by Butwalonline on 12:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाटुलेचौरमा हुने तिज मेलाको तयारी अन्तिम चरणमा "

Leave a reply