नेपालीको अनुसन्धान अमेरिकामा पुरस्कृत
काठमाण्डौं साउन २० - अमेरिकामा घुँडा खिइने समस्याको उपचारका बारेमा अनुसन्धान गर्दै आएकी नेपाली विद्यार्थी शैली शर्मा पुरस्कृत भएकी छन् । शैली प्रड्यु विश्वविद्यालयमा बायोमेडिकल इन्जिनियरिङमा विद्यावारिधि गर्दैछिन् । उनले त्यस विषयमा गरेको अनुसन्धानलाई क्यालिफोर्नियास्थित सान्ता क्लारा विश्वविद्यालयमा भएको नवौं सिलिकन भ्याली बुमर भेन्चर समिटमा पुरस्कृत गरिएको हो ।
नयाँ अनुसन्धानका लागि लगानीकर्ता जुटाउन प्रत्येक बर्ष यस्तो सम्मेलन आयोजना गर्ने गरिएको छ । २८ बर्षकी शैलीले प्रड्यु विश्वविद्यालयमा चार बर्षदेखि भईरहेका चार मुख्य अनुसन्धानलाई पछि पार्दै १० हजार डलर हात पारेकी हुन् । हड्डीको बाहिरी भागमा नरम कार्टिलेज खिएपछि मासिलाई जोर्नीहरु चलाउँदा दुख्छ । कार्टिलेजले शरीरका जोर्नी सञ्चालनमा सहज हुन्छ ।
शैलीको नयाँ अनुसन्धानबाट जैविक रुपमा तयार पारिएको मोलिक्युल घुँडामा दिनेवित्तिकै त्यसले बाँकी कार्टिलेज सशक्त पार्छ र खिइनबाट रोक्छ । त्यसले घुँडाको दुखाईमा तत्काल राहत दिनुका साथै शरीरबाट नयाँ तन्तु उत्पादन सुरु गर्ने प्रड्यु विश्वविद्यालयको वेवसाईटमा राखिएको छ । आफुले गरेको अनुसन्धानले कार्टिलेज खिइन रोक्न सफल हुने भएपनि आम मानिसमा प्रयोग गर्नुअघि गर्नुपर्ने अनुसन्धान बाँकी नै रहेको शैलीले बताएकी छन् । उनले भनिन् ‘यो पूर्ण रुपमा मानिसमा प्रयोग हुन अझै केही समय लाग्छ ।’
स्रोत ऑनलाइन खबर

Posted by Butwalonline
on 7:45 AM. Filed under
News,
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response