कास्की फाइनान्स अन्तरकार्यालय खेलकुद प्रतियोगिताको च्याम्पियन
पोखरा, १३ भदौ। कास्की फाइनान्स लिमिटेड राष्ट्रिय खेलकुद परिषद्को ४९ औं वार्षिकोत्सवमा पोखरामा सञ्चालित अन्तरकार्यालय खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ। राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घ कास्कीको आयोजनामा बुधबार भएको सिड्डल तथा डबलतर्फको फाइनल खेलमा स्वर्णपदक जित्दै कास्की फाइनान्स च्याम्पियन बनेको हो।
सिड्डलतर्फको फाइनल खेलमा कास्की फाइनान्सका विशाल खड्काले जिल्ला प्रहरी कार्यालय कास्कीका कृष्ण रानामगरलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक हात पारे। सो इभेन्टमा नेशनल लाइफ इन्स्योरेन्सका रामकृष्ण अर्याल र गण्डकी आवासीय उमाविका कृष्णबहादुर थापाले कास्यपदक प्राप्त गरे।
डबलतर्फको फाइनल खेलमा कास्की फाइनान्सकै विशाल खड्का र तोयराज अधिकारीको जोडीले बैदाम केबुलका मदन बस्नेत र विशाल बस्नेतको जोडीलाई २१–१८, १२–२१ र २१–१८ ले पराजित गर्दै स्वर्णपदक जित्यो।सो इभेन्टमा जिल्ला प्रहरी कार्यालय कास्कीको विष्णु अधिकारी र कृष्ण रानामगरको जोडी तथा विजनेश युनिभर्सल डेभलपमेन्ट बैड्ढका यदुनाथ अधिकारी र प्रदीप श्रेष्ठको जोडीले कास्यपदक प्राप्त गर्यो। च्याम्पियन बन्न सफल कास्की फाइनान्सका रामराज पराजुलीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले च्याम्पियन ट्रफी प्रदान गरेका थिए।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य खड्गबहादुर रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, कर्मचारी सङ्घका अध्यक्ष कृष्ण तिमिल्सिनालगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।प्रतियोगितामा २० टीमको सहभागिता रहेको थियो।
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घ कास्कीका अध्यक्ष कृष्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डीबी नेपालीले गरेका थिए।
