|

क्रान्तिकारीका कार्यकर्ताले नेविसङ्घका नेता कुटेपछि क्याम्पसको पठन पाठन


कीर्तिपुर, भदौ १५ -अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताले नेपाल विद्यार्थी सङ्घका आयुर्वेद क्याम्पस त्रिवि कीर्तिपुरका वर्तमान इकाइ अध्यक्ष सुदर्शन पोखरेल र पूर्व एकाइ अध्यक्ष शङ्कर गौतमलाई कुटपिट गरेको भन्दै सङ्घले आज क्याम्पसको पाठनपाठन ठप्प पारेको छ।

गुण्डागर्दी शैलीमा सङ्घका कार्यकर्तामाथि कुटपिट गरिएको भन्दै नेविसङ्घले दोषीमाथि तत्काल कारबाहीको माग गरी पठनपाठन ठप्प पारेको हो।कुटपिटका कारण घाइते भएका पोखरेल र गौतमको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला घाइते पोखरेल र गौतमलाई भेट्न आज बिहान त्रिवि शिक्षण अस्पताल गएका थिए।। रासस
(समाचार नागरिक न्यूज बाट )

Posted by Butwalonline on 4:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्रान्तिकारीका कार्यकर्ताले नेविसङ्घका नेता कुटेपछि क्याम्पसको पठन पाठन "

Leave a reply