चितवन कांग्रेसमा सभापतिको चुनावमा तनाव
चितवन, भाद्र १५ - चितवन कांग्रेस को सभापति चुनावमा तनाव भएको छ । नारायणगढस्थित नारायणी कला मन्दिरमा पुनः मतदान कहिले गर्ने भन्ने विषयमा सहमति नहुँदा तनाव भएको हो ।
शुक्रबार नै भएको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत ल्याउन नसकेकाले कांग्रेस विधानअनुसार पुनः मतदान गर्ने तयारी भएको थियो । तर सभापतिका उम्मेदवार विकास कोइरालाले पुनः मतदान शनिबार हुनुपर्ने भन्दै मतपत्र च्यातेपछि तनाव भएको हो ।
तदर्थ समितिले यसअघि गरेको माइन्यूटमा पहिलोचरणमा मतपरिणाम नआए सोही दिन पुनः मतदान गर्ने निर्णय भएको थियो । पूर्णनिर्णयअनुसार सभापतिका उम्मेदवार टेकप्रसाद गुरुङ भने शुक्रबार नै चुनाव हुनुपर्ने अडानमा छन् ।
नेतृत्वबीच सहमति नहुँदा मतदानस्थलमा दुवै पक्षका युवाबीच हात हालाहाल भएको छ । निर्वाचनका लागि बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पहिलोचरणको चुनावमा गुरुङले २ सय ६८, कोइरालाले २ सय ४, भीमबहादुर श्रेष्ठले ५८ र कमल आचार्यले १५ मत ल्याएका थिए । ५ सय ७६ मतदाता मध्ये ५ सय ५९ मत खसेको थियो । दोस्रो चरणको मतदानमा सर्वाधिक मत ल्याउने गुरुङ र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।
असार ६ गते बसेको केन्द्रीय समिति बैठकले तरुण दलका तत्कालिन अध्यक्ष शिव पौडेल हत्याको विषयलाई लिएर जिल्ला समिति विघटन गरेको थियो । हत्या आरोपमा जेलमा रहेका पौडेलको संरक्षण गर्न नसकेको सभापति विकास कोइरालामाथि आरोप थियो ।
नयाँ नेतृत्वका लागि सचिवमा ४ जना र कोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् ।
उता शिव पौडेलकी श्रीमति विनु पौडलले भने कांग्रेस लाई घात गर्ने नभई र कांग्रेस को रक्षा गर्ने नेतृत्वलाई जिताउन आग्रह गरेकी छिन् । ५ क्षेत्रमा सबै क्षेत्रबाट उमेदवारी परेको छ ।
(समाचार कांतिपुर बाट)