लागु औषधमा प्रयोग गरिने समाग्रीसहित एक युवतीलाई पक्राउ
तनहुँ, भदौ ९ - लागु औषधमा प्रयोग गरिने विभिन्न समाग्रीसहित तनहुँ प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। ब्यास नगरपालिका वडा नं. २ नब जागरण टोलमा बसोबास गर्दै आएकी २४ वर्षीया सहिदा खानलाई लागु औषध समाग्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विशेष सुराकीको आधारमा खानको कोठामा खानतलासी गर्दा फेनरागन २१ थान, डाइजेपाम २५ थान, लुपिजेसिक १४ थानसहित प्रयोग नभएका ८ सिरिन्ज बरामद गरेको प्रहरी नायब निरीक्षक धर्मबहादुर अधिकारीले बताए। प्रहरीले उनको कोठाबाट प्रयोग भइसकेका ९ थान सिरिन्जसहित फेनरागन, डाइजेपाम र लुपिजेसिक २/२ थान बोतल फेला पारेको प्रहरीले जनाएको छ। पक्राउ परेकी खानलाई आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
समाचार नागरिक न्यूज बाट