करमा वृद्धि गर्न थ्रेसहोल्ड बढाउनुपर्ने
मुक्तिप्रसाद न्यौपाने,भदौ ८, पाल्पा - तानसेन नगरपालीका भित्रका सबै व्यवसायलाई भ्याटमा समावेश गर्नका लागि व्यवसायहरुको अनुगमन गरिने भएको छ ।
राजश्व अन्तर्गतका स्थायी लेखा नम्बर प्यान, आयकर, अन्त:शुल्क, मूल्य अभिवृद्धि कर आदीको बारेमा जानकारी गराउन गरिएको एक कार्यक्रममा करदाता सेवा कार्यालय, पाल्पाका कर अधिकृत श्री दिनेश खनालले कर प्रशासन पहिले जस्तो नभएर सहयोगी प्रशासन भएको बताउादै नेपाल सरकारले राखेको थ्रेसहोल्डको सीमा बढाउनु पर्ने कुरालाई गहिरो ढंगबाट लिएको बताएकाछन् । उनले पाल्पामा रहेका ढाका व्यवसायी, कृषिजन्य उपज, दुग्ध पदार्थहरुको लागि करछुट हुने विषयको बारेमा विभागमा सम्पर्क गरी जानकारी गराउने समेत बताए ।
पाल्पाका उद्योगी, व्यवसायी, व्यापारीहरुमा कर बुझाउने चाहना हुादाहुादै पनि विभिन्न कानूनी बाधा अड्चनका कारणले कर बुझाउनका लागि अप्ठ्यारो परेको, नेपालमा भ्याट शुरु हुादा नेपाल सरकारले राखेको थ्रेसहोल्डको सीमा बढाउनु पर्ने कुरा पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवं का.वा. अध्यक्ष श्री अजयमान कर्माचार्यले बताए । साना तथा मझौला उद्योगी, व्यवसायी, व्यापारीहरुको व्यवसाय तथा उद्योगको कारोबारको आधारमा श्रेणी विभाजन गरी कर निर्धारण भएमा व्यवसायीहरुलाई राजश्व बुझाउन सहज हुने व्यवसायीहरुको सुझाव रहेको थियो ।
कार्यक्रमबाट व्यवसायीहरुलाई कर तिर्न हौसला मिलेको, ढुक्कसाग कर बुझाउन सकिने, भ्याट बुझाउने प्रक्रियो, राज्यले व्यापारीहरुलाई उपभोक्ताबाट कर उठाउने अधिकार प्रत्यायोजन गरेको विषयमा जानकारी हासिल गरेकाछन् ।