|

एन-प्याब्सन कास्कीद्वारा आठौं अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पोखरा,प्रेमनारायण न्यौपाने,भदौ ८ - एन–प्याब्सन कास्कीको आयोजनामा आठौं अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता एवं शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भयो।प्रतियोगितामा मर्निङग्लोरी एकेडेमी प्रथम, कास्की मोडनाइज एकेडेमी द्वितीय, त्रिवेणी पब्लिक स्कुल तृतीय तथासोसियल पब्लिक स्कुल चौथो भएका छन्।३५ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता तथा उपविजेता विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

सोही अवसरमा एन–प्याब्सन कास्कीद्वारा सञ्चालित परीक्षामा संयोजकको भूमिका निर्वाह गरी उत्कृष्ट काम गर्ने चारजना विषयक संयोजक शिक्षकशिक्षिकालाई सम्मान गरियो। सम्मानित हुनेमा सिद्धिविनायक बोर्डिङ स्कुलबाट प्रावि नेपाली शिक्षक सुमित्रा आचार्य, हेमजा बोर्डिङ स्कुलबाट निमावि विज्ञान शिक्षक दयाराम विक, अञ्जुली बोर्डिङ स्कुलबाट निमावि एचपिई शिक्षक रमेश आचार्य र मर्निङग्लोरी एकेडेमीबाट मावि लेखा शिक्षक मधवप्रसाद काडेल रहेका छन्।

यस्तै परीक्षामा आ–आÇना विषयमा औसतमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्ने १० जना शिक्षकशिक्षिकलाई पनि सम्मान गरियो। यसरी सम्मानित हुनेमा कास्क िमोर्डनाइज एकेडेमीका अङ्ग्रेजी शिक्षक रामचन्द्र पौडेल, युनिभर्स बोर्डिङ स्कुलका नेपाली शिक्षक राजन पौडेल, एलपी देवकोटा मेमोरियल स्कुलका गणित शिक्षक नवीनकुमार बराल, सोही विद्यालयकै विज्ञान शिक्षक टीकाराम अर्याल, हेमजा बोर्डिङ स्कुलका सामाजिक शिक्षक नारायणप्रसाद भण्डारी, मर्निङग्लोरी एकेडेमीका एचपिई शिक्षक माधवप्रसाद काडेल, साइनिङस्टार बोर्डिङ स्कुलका ऐच्छिक गणित शिक्षक राजकुमार भुर्तेल, सोही विद्यालयकै वातावरण शिक्षक कुलबहादुर रसाइली, एलपी देवकोटा मेमोरियलका लेखा शिक्षक जीतबहादुर काउछा र रत्नज्योति उमाविका कम्प्युटर शिक्षक अशोक पौडेल रहेका छन्।सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।

सोही अवसरमा २०६९ सालको एसएलसी परीक्षामा कास्की जिल्लामा सर्वोत्कृष्ट अड्ढ ल्याई उत्तीर्ण हुन सफल चारजना विद्यार्थीलाई पनिसम्मान गरिएको थियो। सम्मानति हुनेमा मर्निङग्लोरी एकेडेमीका विराज आचार्य, डायमण्ड मोडल बोर्डिङ स्कुलका सन्तोष त्रिपाठी, एलपी देवकोटा मेमोरियल स्कुलका विकास सुनार र न्यू लेखनाथ पब्लिक एकेडेमीकी शोभा पौडेल रहेका छन्। उनीहरु चारैजनाले समान अड्ढ ७२१(९०.१३ प्रतिशत) प्राप्त गरेका थिए।उनीहरुलाई जनही पााच हजार र सम्मान पत्र प्रदान गरिएको थियो।

यस्तै सानो उमेरमै रोबोर्ट बनाएर उत्कृष्ट कार्य गर्ने रत्नज्योति उमाविका तलाड्ढ बराललाई नगद पााच हजार र विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदी, एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, एन–प्याब्सनका अध्यक्ष रामप्रसाद शर्मा, कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक हेमन्तराज अधिकारी, सहकोषाध्यक्ष शिवदत्त तिवारी, सदस्य भीम न्यौपाने, राचन्द्र भण्डारी, अक्सफोर्ड एकेडेमीका प्रिन्सिपल एवं उपसमिति सदस्य प्रेमराज अधिकारी, सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्तसिग्देललगायतले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदी, एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम एन–प्याब्सनका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा भएको थियो।

Posted by Butwalonline on 4:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एन-प्याब्सन कास्कीद्वारा आठौं अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न"

Leave a reply