|

मलेसियामा एकै हप्तामा तीन नेपालीको हत्या


क्वालालम्पुर-मलेसियाको पेनाङ, आलोरगाजा र मुहारमा तीनजना नेपालीहरुको नेपालीवाटै हत्या भएको छ । क्वालालम्पुरवाट करीव दुई घण्टा टाढा मुहारमा रहेको इमस्टार फर्निचर कम्पनीमा कार्यरत सिराहा जिल्ला घर भएका अन्दाजी २० वर्षका विश्वेश्वर यादवको गत शुक्रवार हत्या भएको हो । हत्याको आरोपमा मोरङ जिल्ला टंकिसिनीवारीका अन्दाजी ३५ वर्षका जिन्द्राहिम मियालाई प्रहरीले प्रकाउ गरेको छ ।

यसैगरी पेनाङको निम्वुङतेवुलमा ताप्लेजुङ घर भई मुना पेपर कम्पनीमा कार्यरत अन्दाजी ३२ वर्षका हर्क वहादुर लिम्वुको मादक पद्धार्थ सेवन गरेर आएका रामेछापका विनोद तामाङले आवेशमा आएर छुरी प्रहार गरी हत्या गरेका हुन् । छुरा प्रहारवाट घाईते भएका हर्कको उपचारका क्रममा ज्यान गएको दिपक शाहिले जानकारी दिए । छुरी प्रहार गर्नै विनोदलाई स्थानिय प्रहरीले नियन्त्रणामा लिएर कानुनि प्रकृया अगाडि वढाईरहेको छ ।

यसैगरी मलक्काको आलोरगाजामा पनि झापा धरमपुर-४, का आलोरगाजाको जुलिट विस्कुट कम्पनीमा कार्यरत अन्दाजी ३२ वर्षका वल वहादुर तामाङको संगै कोठामा वस्ने सिराहाका सुवकलाल चौधरीले काठले हिर्काएर ज्यान गएको हो । काठले लागेर घाइते भएका उनको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको हो । चौधरीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
(समाचार ऑनलाइन खबर बाट)

Posted by Butwalonline on 5:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मलेसियामा एकै हप्तामा तीन नेपालीको हत्या"

Leave a reply