|

एमाले निकट युवा सङ्घले आहृवान गरेको चितवन बन्द फिर्ता


चितवन भदौ १ - नेकपा एमाले निकट युवा सङ्घले आहृवान गरेको चितवन बन्द फिर्ता भएपछि जनजीवन सामान्य बन्दै गएको छ । बिहान सात बजेबाट सुरु भएको बन्द साढे १० बजेबाट फिर्ता भएपछि रोकिएका सबारीसाधन गन्तब्यतर्फ लागेका छन् भने बजार पसल पनि खुलेका छन् ।

आज बाबुको मुख हेर्ने दिन परेकाले सर्बसाधरणलाई असर परेको भन्दै बन्द फिर्ता गरिएको युवा संघका केन्द्रीय सदस्य प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो । भरतपुर बिमानस्थलमा हिजो प्रधानमन्त्री ड बाबुराम भट्टराईलाई कालो झण्डा देखाउनेक्रममा प्रहरीले दमन गरेकोभन्दै युवा सङ्घले चितवन बन्दको आहृवान गरेको थियो ।

केन्द्रीय सदस्य ढुङगानाले प्रशासनले घट्नाका बिषयमा माफी नमागेसम्म आन्दोलन नरोकिने बताउनुभयो । आजको बन्द फिर्ता भए पनि सडकमा सरकारी सबारी साधन गुड्न भने प्रतिबन्ध लगाईएको छ ।
(समाचार ऑनलाइन खबर बाट)

Posted by Butwalonline on 9:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एमाले निकट युवा सङ्घले आहृवान गरेको चितवन बन्द फिर्ता"

Leave a reply