|

खोलाले बगाएर तीनजना बालबालिका बेपत्ता

मकवानपुर,श्रावण ३२ -मकवानपुर जिल्लाको छतिवन गाविस- ९ स्थित बकैयाखोलामा आएको बाढीले बगाएर तीनजना बालबालिका बेपत्ता छन्।हेटौँडाबाट घर जानेक्रममा बाबुसँगै खोला तर्न लाग्दा बुधबार साँझ उनीहरुलाई बाढीले बगाएको हो।

छतिवन गाविस- ९ लुर्हनाका शङ्कर मुक्तानका आठ वर्षीया छोरी शान्ति, सात वर्षीया छोरी सञ्जु र चार वर्षीय छोरा शेखर मुक्तान बकैयाखोलाले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बाबु शङ्कर मुक्तानलाई स्थानीय बासिन्दाले खोलाबाट उद्धार गरी बचाउन सफल भएको भए पनि बालबालिकाहरुलाई उद्धार गर्न नसकिएको बताइएको छ।आज बिहान प्रहरी र स्थानीय बासिन्दाले ती बलबालिकाहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ। रासस(समाचार नागरिक बाट )

Posted by Butwalonline on 8:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खोलाले बगाएर तीनजना बालबालिका बेपत्ता "

Leave a reply