Kachahari-कचहरी रेडियो र टेलिभजन कार्यक्रम(सुकुम्बासी विशेष )
कचहरी रेडियो र टेलिभजन कार्यक्रम हो । कार्यक्रम कचहरी रेडियो जागरणको उत्पादन हो ।स्थानिय निकायलाई नागरिप्रति जवाफदेही बनाउन,सुशासन स्थापना गर्न र नागरिकका पिडा र गुनासोलाई सम्बन्धित निकायबाटै सम्बोधन गराउने हाम्रो उदेश्य हुन्छ । सबै सरोकारवाला निकायसंग कचहरी बसेर निकास निकाल्ने कार्यक्रमको प्रयास हुन्छ ।
राजधानी वाहिर निकै कम मात्र यस्तो कार्यक्रम उत्पादन हुने गरेको छ । कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरण लाई धेरै-धेरै धन्नेबाद !!
बुटवल शहर नजिकैको तिनाउ बगर कतिलाई ओत दिने ठाउ बनेको छ, त कसैलाई यो बगर मागी खाने भाडानै बनेको छ । बुटवल नगरको तिनाउका बगरमा बर्षेनी सुकुम्बासी थपिनेक्रम जारी छ । यहा ६ हजार बढि घरपरिवारले बसोबास गर्ने गरेको अनुमान छ । बुटवल शहर छेउमा करिब डेढ दर्जन सकुम्बासी बस्तीहरु छन् ।त्यस्तै बस्तीमध्येको बुटवल १३ मा रहेको प्रगतिनगर सुकुम्बासी बस्ती पनिएक हो । सार्वजनिक जग्गा ओगटेर सुकुम्बासीको नाममा बसेका यहाका नागरिकहरुको समस्या, र ब्यवस्थापन कसरी गर्न सकन्छि भन्ने बिषयमा आजको कचहरीमा हामी छलफल गर्देछौं ।
आजको छलफलमा हामीसंग हुनुहुन्छ:
ईलाका प्रशाशन कार्यालय बुटवलका प्रमुख - बलराम अर्याल सुकुम्बासी समस्या समाधान आयोग श्रपन्देहीका अध्यक्ष - भुवा प्रसाद सापकोटा प्रगतिनगर बस्ती विकास समिति बुटवल १३ का अध्यक्ष - मनोज राना
बुटवल १३ स्थित सकुम्बासी बस्तीमा तयार हुदै गरेको आजको छलफलमा सकुम्बासी बस्तीका बासिन्दा,र बस्ती विकास समितिका पदाधिकारी र अन्य सरोकारवालाहरु गरि करिब ६० जना सहभागि हुनुहुन्छ । प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe
Listen Part-1
Listen Part-2