|

प्रधानमन्त्री भट्टराईले देशवासीका नाममा सम्बोधन गर्दै


काठमाडौं, भाद्र १२ - प्रधानमन्त्री बाबुराम भट्टराई ले आफ्नो कार्यकालमा ठूला उपलब्धी हासिल भएको दाबी गरेका छन् ।

सपथ लिएको एक वर्षपछि सिंहदरवारबाट मंगलबार भएको समीक्षासहित देशवासीको नाममा सम्बोधनमा प्रधानमन्त्री ले सत्ताका लागि खेल भइरहेकाबेला गठन भएको सरकारले शान्ति प्रक्रिया पूरा भएको बताए । उनले माओवादीको उपाध्यक्ष मोहन वैद्य समूहलाई ‘संकिर्णतावादी तप्का’को संज्ञा दिएका छन् । ‘शान्ति प्रक्रियाको विरोधमा संकिर्णतावादी तप्का सडकमा उत्रिएको तपाईंहरुलाई थाहै छ,’ उनले भने ।

संविधानसभा को म्याद थपका लागि सरकारले प्रस्तुत गरेको विद्येयकलाई कांग्रेस सभापति सुशील कोइराला ले विरोध गर्नु नै संविधानसभा विघटनको आधार भएको उनले बताए । म्याद थपको विरोध गर्दै कांग्रेस, एमाले सरकारबाट बाहिरिँदा संविधानसभा विघटनमा थप बल मिलेको बताए ।

प्रधानमन्त्री भट्टराईले संविधानसभा बाट संविधान लेख्न नदिन पहिल्यैदेखि खेल भइरहेको बताए । तर कस्तो खेल खुलाएनन् ।  संविधानसभा विघटनमा एमाओवादीले सकेसम्म पहल गरेको बताउँदै उनले तर कसिएका मुठ्ठीसँग हात मिलाउन नसकिएको उल्लेख गरे ।

प्रधानमन्त्री ले सहमति भए एक सेकेन्डमै सरकार छाड्न तयार रहेको स्पष्ट पारे । प्रतिपक्षी दललाई अनुचित पर्खाल खडा नगर्न उनले प्रतिपक्षी दलसँग आग्रह गरे ।

प्रधानमन्त्री ले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको बिरासतमा सरकार बनेको र यो वर्ष पनि पूर्ण बजेट ल्याउन नसक्न सोचेजति नयाँ कार्यक्रम ल्याउन नसकिएको बताए । बेरोजगार भत्ता दिने सरकारी तयारी पनि बजेट ल्याउन नसक्दा पूरा गर्न नसकिएको प्रधानमन्त्री को भनाइ छ ।

प्रधानमन्त्री ले यस वर्ष पनि चाडवाडमा राहतमुलक कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।

सरकारले गरेका काममा अवरोध गर्न अदालत धाउने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री ले असन्तुष्टि पोखे ।

सरकारसँग भएको दृढ लक्ष्यका कारण काठमाडौंको सडक विस्तार सम्भव भएको उनले बताए । प्रधानमन्त्री ले काठमाडौंका अधिकांश सडकलाई कालोपत्र बनाउने लक्ष्य सरकारसँग रहेको बताए ।

प्रधानमन्त्री ले आफ्नै अनुगमनमा राष्ट्रिय गौरवका आयोजना सुरु गरेको उल्लेख गरे भने मनाङमा सडक पुगेको सम्बोधनमा खुलाए । आफ्नो कार्यकालमा आर्थिक वृद्धि उच्च रहेको बताए भने नेप्से, घरजग्गा कारोबार पनि बढेको बताए । लोडसेडिङ १६ बाट १२ घण्टामा झारेको र आगामी वर्ष पनि १०–१२ घण्टामा सीमित पार्ने प्रधानमन्त्री ले उल्लेख गरे ।
साभार  कांतिपुर 

Posted by Butwalonline on 2:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानमन्त्री भट्टराईले देशवासीका नाममा सम्बोधन गर्दै "

Leave a reply