|

यु ट्युब प्रयोगकर्ताहरुले अब भिडियो पोष्ट गर्दा सक्कली नाम तथा ठेगाना प्रयोग गर्नुपर्ने

लोकपि्रय भिडियो शेयरिङ बेवसाइट यु ट्युबले प्रयोगकर्ताहरुलाई युट्युबमा आफ्नो सक्कली नाम तथा ठेगाना प्रयोग गर्न आग्रह गरेको छ । भिडियोहरुमा विभिन्न नामबाट आपत्तिजनक टिप्पणी भएको भन्दै आलोचना बढेपछि यु ट्युबले यस्तो आग्रह गरेको हो ।

यो सँगै अब प्रयोगकर्ताले गुगलको सामाजिक संजाल गुगल प्लसमा भिडियो पोष्ट गर्दा आफ्नो छद्म नामका साथै सक्कली नाम पनि लेख्नुपर्नेछ । गुगल प्लसमा प्रयोगकर्ताको छद्मनाम लेख्न मिल्ने बाकससँगै आब साँच्चीकै नाम लेख्ने बाकस पनि देखिने र त्यसमा प्रयोगकर्तालाई अब यु ट्युबमा तपाइँको पूरा नाम प्रयोग गर्न सुरु गर्नुस् भन्ने सन्देश देखिनेछ ।

यद्यपि प्रयोगकर्ताहरु यो आग्रह स्विकार्न बाध्य भने हुनेछैनन् । तर यदि उनीहरुले आफ्नो सक्कली नाम लेख्न नचाहेमा किन सक्कली नाम नराखेको हो भन्ने प्रश्नको उत्तर गुगललाई दिनुपर्नेछ ।

गुगलका अनुसार गुगल प्लसका प्रयोगकर्तालाई उनीहरुको पहिचान यु ट्युबमा राख्नका लागि यस्तो विकल्प दिइएको हो र अघिल्लो महिनादेखि प्रयोगमा आएको छ ।

रिपोर्ट अनुसार यदि प्रयोगकर्ताले गुगल र यु ट्युबको अकाउन्ट लिंक गर्न चाहेमा उनीहरुलाई आफुले विगतमा गरेका कमेन्ट हेर्ने मौका मिल्नेछ, जसबाट उनीहरुले ती कमेन्ट हटाउन चाहेमा हटाउन सक्नेछन् ।
साभार ऑनलाइन खबर

Posted by Butwalonline on 8:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यु ट्युब प्रयोगकर्ताहरुले अब भिडियो पोष्ट गर्दा सक्कली नाम तथा ठेगाना प्रयोग गर्नुपर्ने"

Leave a reply