|

विना ईजाजत संञ्चालित बुटबलका अकुपञ्चर क्लिनिकमा छापा

बुटबल साउन १२ - अनुमति विना संञ्चालनमा रहेका बुटबलका ७ बटा अकुपञ्चर क्लिनिकमा जिल्ला प्रशासनको कार्यालयले छापा मारेको छ । उक्त क्लिनिकहरुले अकुपंञ्चर सहित विभिन्न रोगको उपचार गर्ने भन्दै संञ्चालित थिए ।

औषधी पसल संञ्चालन गर्ने भनेर ईजाजत लिएर गैर कानुनि रुपमा अकुपंञ्चर र होमियोप्याथिक संञ्चालन गरेको कारण उक्त पसलमा छापामा मारेको प्रमुख जिल्ला अधिकारी हरिकृण पौडेलले जानकारी दिनुभयो ।

प्रसाशनले छापामारेका क्लिनिकहरुमा भुपु सैनिक अकुपंञ्चर, सुबोध होमियोफार्मेसी, लुम्बिनी होमियो प्याथोलोजी, सुपिृम आयुबेदिक र्फम, बना अमुपंञ्चर सेबा कालिका होमियो फार्मसी र मालिका होमियो फार्मीसी रहेका छन । उनिहरुले हाडजोर्नी, पत्थरी, ग्याष्टीक, नसाबाथ भन्दै प्रचार गदै उपचार गर्दै आएका थिए ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी हरिकृण पौडेल प्रहरी प्रमुख एसपी रबिन्द्र रेग्मी जिल्ला जनस्बास्थकार्यालयका प्रमुख महेश्बर श्रेस्ठ बडा कार्यलय बुटबलका ईनेस्पेक्टर सुबसा गैरै लगायतको टोलीले पसलहरुमा छापा मारेको हो । स्वास्थ संस्था नीति २०६१ अनुसार अकुपंञ्चर निजिकिल्नीक होमियोप्याथिक १५ बेडको खोल्नको लागी क्षेत्रीय स्वास्थ निर्दैशनालयबाट स्वीकृति लिनु पर्दछ । तर यि क्लिनिकहरुले स्वीकृति नलिएको पाईएको छ ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 7:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विना ईजाजत संञ्चालित बुटबलका अकुपञ्चर क्लिनिकमा छापा"

Leave a reply