प्रेस विज्ञप्ती
मिति :२०६९ साउन ११
प्रेस विज्ञप्ती
नेपाल पत्रकार महासंघ बााकेका साधारण सदस्य उदयसिंह श्रेष्ठबिरुद्ध हैप्पी आवर प्रालिले महासंघमा दिएको उजुरीका सम्वन्धमा शाखाद्धारा गठित छानविन समितिले आज सुझाव सहितको प्रतिबेदन बुझाएको छ ।
गत साउन ४ गते शाखाका पुर्ब सभापति, पुर्ब केन्द्रिय सदस्यसहितको विशेष बैठकले सो बिषयमा सत्य तथ्य छानविनका लागि पुर्ब अध्यक्ष प्रेम केसीको सयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
छानविन समितिका सयोंजक केसीले आज शाखा अध्यक्ष शुक्रऋषि चौलागाईलाई ४ बुदें सुझाव सहितको प्रतिबेदन बुझाउनुभयो । छानविन समितिको प्रतिबेदनका अनुसार शाखाले पुर्ब सभापति सहितको बिशेष बैठक बसेर अवश्यक प्रक्रिया अघि बढाउने छ ।
शाखाका पुर्ब अध्यक्ष केसीको सयोंजकत्वमा गठित समितिमा महासंघका पुर्ब केन्द्रिय सदस्य जनक नेपाल, नेपाल प्रेस युनियन बााके अध्यक्ष नरेन्द्र थापा, प्रेस चौतारी बााके अध्यक्ष रुद्र सुबेदी सदस्य र शाखा सचिव राकेश कुमार मिश्र सदस्य सचिव रहनुभएको थियो । शाखाद्धारा जिम्मेवारी दिएकोमा छानविन समितिले धन्यबाद ज्ञापन गरेको छ, भने समितिले सफलतापुर्बक जिम्मेवारी निर्वाह गरेकोप्रति शाखाले हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।
राकेश कुमार मिश्र
सचिव
