|

नेपाली मुलका अमेरिकी अनुसन्धानदाता परागलाई अवार्ड


काठमाडौं, साउन १२ -नेपाली मुलका अमेरिकी अनुसन्धानदाता पराग पाठकले 'प्रेसिडेन्सियल अर्ली करियर अवार्ड फर साइन्टिस्ट एन्ड इन्जिनियर्स' सम्मान पाएका छन्। राष्ट्रपति बाराक ओबामाले पाठकसहित ९६ वैज्ञानिक तथा इन्जिनियरहरूको नाम सोमबार सार्वजनिक गरेका हुन्।

अमेरिकी सरकारले विशेष सम्मानका साथ वैज्ञानिक र इन्जिनियरको प्रारम्भिक तहको स्वतन्त्र रिसर्च करिअर हेरेर सम्मान दिँदै आएको छ। सन् १९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले अवार्ड स्थापना गरेका हुन्।पाठक मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलाजी (एमआइटी) विश्वविद्यालयको इलेक्ट्रोनिकल इन्जिनियरिङ तथा कम्प्युटर विज्ञान विभागका सहायक प्राध्यापक छन्।
राष्ट्रिय विज्ञान फाउन्डेसनले समेत उनलाई नोमिनेसनमा राखेको एमआइटी कलेजले जनाएको छ। उनले मार्केट डिजाइन, शिक्षा र आवास क्षेत्रमा नवीन र चुनौतीपूर्ण अध्ययन गरेका छन्। ३१ वर्षीय पाठकले व्यावसायिक अर्थशास्त्रमा हावर्ड विश्वविद्यालयबाट विद्यावारिधि र व्यावहारिक गणितमा स्नातकोत्तर गरेका छन्।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 10:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली मुलका अमेरिकी अनुसन्धानदाता परागलाई अवार्ड"

Leave a reply