|

अर्घाखाँचीको दहखोलामा गाडी दुर्घटना हुँदा १६ को मृत्यु


बुटवल साउन ७- बुटवलबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ। बा २ ख ७९४८ नम्बरको फोर्स गाडी नरपानीको दहखोलामा खसेको हो। दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेको सन्दीखर्घमा उपचार भइरहेको छ।

साढे पाँच बजेतिर दुर्घटना भएको लुम्विनी अञ्चल प्रहरी कार्यालयका एसएसपी बमबहादुर भण्डारीले नागरिकन्युजलाई बताए। मृतकहरुको सनाखत भइसकेको छैन। प्रहरीले घटनास्थल पुगेर उद्धार गरेको थियो।

गाडी दुई सय मिटर तल खोल्सामा खसेको सन्धिखर्कबाट घटनास्थल पुगेका डिलचन्द्र रायमाझीले बताए। घटनास्थल सन्धिखर्कबाट ६ किलोमिटरको दूरीमा छ।गाडीमा १९ जना सवार थिए।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अर्घाखाँचीको दहखोलामा गाडी दुर्घटना हुँदा १६ को मृत्यु"

Leave a reply