मलामी बोकेको बस पल्टिँदा चार जनाको घटनास्थलमै मृत्यु
झापा साउन ७- मलामी बोकेर घाटबाट फर्कंदै गरेको बस आइतबार झापाको लक्षमीपुरमा पल्टिँदा एकै गाउँका चार जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते भएका छन्। कनकाई माईमा दाहसंस्कार स केर फर्किदैं गर्दा पूर्व पीश्चम राजमार्गको घैलाडुब्बा-९ मा उनीहरु चढेको बस दुर्घटना भएको हो।
को१ ख ८८२ नम्बरको बस पल्टिँदा शनिश्चरेका चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरुमा ५२ वर्षीय धर्म चौधरी, ४० वर्षीय बरुवा राजवंशी, २२ वर्षीय निर्मल राजवंशी र विरु राजवंशी छन्। १२ जना घाइतेको नाम खुलेको छैन। उनीहरुको विर्तामोडको अस्पतालमा उपचार भइरहेको छ।
समाचार नागरिक न्यूज बाट
