बन्दमा प्रर्दशनकारीहरुले चालक सहितको स्कुटरमा आगजनी
काठमाडौं साउन ७ - सुन्दरीघाटमा सुकुम्बासीलाई सार्न खोजिएको विरोधमा आहृवान गरिएको ललितपुर बन्दमा प्रर्दशनकारीहरुले स्कुटर चालकलाई जलाउने प्रयास गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै ललितपुरको दमकल चोकमा प्रदर्शनकारीहरुले चालक दिपेन्द्र लामा र उनको बा ४५ प ४३५५ नम्बरको स्कुटरमा आगो लगाएका हुन् । प्रर्दशनकारीहरुले स्कुटरमा पेट्रोल छर्किएर आगजनी गरेको बताइएको छ । आगोले लामाको पछाडीको भाग जगेको छ ।
उनलाई बन्दकर्ताले कुटपिट समेत गरेका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ । बन्दका क्रममा विभिन्न स्थानमा ८ बटा सवारी तोडफोड भएको र एउटामा आगजनी भएको ललितपुर ट्राफिक प्रहरी प्रमुख कुबेर कठायतले जानकारी दिनुभयो ।
समाचार ऑनलाइन खबर बाट
