|

कतारमा नेपाली कामदारद्वारा झुण्डिए आत्महत्या


दोहा । गीतानगर ४ चितवनका माधव प्रसाद रिजालले कतारमा आत्महत्या गरेका छन् । लगभग अढाई महिना अघिमात्र कतार आएका रिजाल “जि फोर एस” कम्पनीमा क्लिनिङमा कार्यरत थिए ।

कतार आएर एक महिना जति मात्र ड्युटी गरेका रिजाल पायल्सको दीर्घ रोगी रहेको उनीसंगै कोठामा रहने पोखराका देवराज अधिकारीले बताए । आएको १ महिना ड्युटी गरेपछि राति निन्द्रा लागेन भन्ने, छिनछिनमा उठेर पानी पिउने तथा कोठाबाट बाहिर निस्कने गरेपछि डाक्टर संग परामर्श लिन अधिकारीले मृतक रिजाललाई सुझाएको बताए । उपचारको क्रममा डाक्टरकोमा गईरहने गर्दैथिए ।

कहिले हामी ड्युटी जानु अघि नै डाक्टरकोमा जान भनी कोठाबाट बाहिरिन्थे भने कहिले हामी बाहिरीएपछि उनी जाने गरेको बताएका अधिकारीले आफ्नै सुत्ने कोठा भित्र झुण्डिएको अवस्थामा रिजाललाई देख्न पुगे । गत जुलाई १४ तारिखको दिन आफ्नै कोठामा झुण्डिएका रिजाल संगै सुत्ने देवराज अधिकारीलाई पनि सोधपुछको  लागी प्रहरीले लिएर गएको र सामान्य सोधपुछ पछि अधिकारीलाई छोडिदिएको बताए ।

मृतक रिजाल कार्यरत कम्पनीको जिम्मेवार व्यक्तिले कतार स्थित नेपाली दुतावासमा जानकारी गराउनुको साथै मृतकको लाशलाई नेपाल पठाउने तयारीको लागि दुतावासबाट कागजात तयार गरेर लगिसकेको नेपाली दुतावासका द्धितिय सचिव जय बहादुर राईले बताए ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 7:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कतारमा नेपाली कामदारद्वारा झुण्डिए आत्महत्या"

Leave a reply